१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दाङका सञ्चारकर्मी वली १४ दिनदेखि बेपत्ता

दाङका एक सञ्चारकर्मी दुई सातादेखि बेपत्ता भएका छन् । घोराहीस्थित रेडियो स्वर्गद्धारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वली गत माघ १५ गते देखि हराईरहेका हुन् । राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली १५ माघमा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्कीउपछि उनि अहिले सम्म सम्पर्कमा नआएको परिवारले बताएको छ । 

‘१५ गते छोरा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्कियो,’ देवेन्द्रका बुवा दोर्णले भने ‘कोठाबाट निस्कीएपछि अहिले सम्म सम्पर्कमा आएन ।’ उनले सबै आफ्ना आफन्ती कहाँ छोरा आए नआएको बुझेको तर अहिले सम्म थाहा हुन नसकेको बताए । माघ १५ गते देखिनै उनले प्रयोग गर्ने मोबाईल फोन स्वीच अफ छ । त्यो दिन बिहान देवेन्द्रले आफ्ना भान्जालाई आँफू घोराही हापुरस्थित ‘रमाना जंगल’ मा रहेको म्यासेज पठाएका थिए । लगत्तै उनका भान्जालाई उनलाई फोन गर्दा फोन अफ भैसकेको थियो । ‘१५ गते कोठाबाट निस्केको केहिबेर पछि रमाना जंगलमा छु भनेर म्यासेज पठाएको रहेछ,’देवेन्द्रका बुवा दोर्णले भने ‘लगत्तै फोन हान्दा फोन स्वीच अफ भसकेको रहेछ ।’  

यसैबिच परिवारले उनको खोजी गरिदिनका लागि अपिल गरेको छ । घोराहीमा पत्रकार सम्मेलन गर्दै उनका बुवा दोर्णले प्रहरीबाट पनि खोजीका लागि पूर्ण साथ नपाएको गुनासो गरे । ‘हामीले प्रहरीलाई खोजीका लागि अनुरोध गर्यौँ, तर प्रहरीले सकृयता पूर्वक खोजी गरिदिएको छैन,’ दोर्णले भने ‘तपाईहरु खोज्नुस् कतै शंका लागेको ठाउँ भएमा हामीहरुलाई जानकारी गराउनुस् भनेर प्रहरीले भन्छ ।’ 

क्याम्समा अध्ययनरत देवेन्द्रका साथीहरुबाट अपहरण भएको हुन सक्ने आशंका गरेको परिवारले ति केहि साथी बिरुद्ध जाहेरी दिने तयारीमा परिवार छ । देवेन्द्र स्वर्गद्धारी एफएममा प्राविधिक तथा कार्यक्रम सञ्चालकका रुपमा कार्यरत थिए ।

प्रकाशित: २९ माघ २०७७ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App