९ कार्तिक २०७८ मंगलबार

बानेश्वरको बीच सडकमै खाल्टो

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनका अनुसार ५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।

तीन युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

दशैँको समयमा टीका लगाएर फर्किएका तीन जना किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सिन्धुली प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

बालकमाथि यौनजन्य गतिविधि गरेकाे आरोपमा विदेशी नागरिक पक्राउ

प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ।

सर्लाहीका दुई एसपीको एकै दिन सरुवा

सर्लाहीका नाकाबाट भैरहेको तस्करीका कारण उनी आलोचित बनेका थिए। सँगै सार्वजनिक स्थानमा तास खेलेको आरोप समेत उनी दुबै एसपीमाथि लागको थियो।

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ। जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो।

लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख नगदसहित बाग्लुङका पुन पक्राउ

कोटेश्वरस्थित कोठामा छापामारी थप ५० लाख बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए।

प्रदेश १ मा वर्षाले ५१ जनाको मृत्यु

प्रदेश प्रहरी कार्यालयका अनुसार पाँचथरमा २२ जनाको मृत्यु भएको छ। जसमा मिक्लाजुङ–५ स्थित चिसापानी गाउँका ११ जनको मृत्यु भएको हो।

धनकुटाको चौबिसेमा पहिरोले ६ जनाको मृत्यु, ६ जना घाइते

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दशैंमा पाहुना आएका ३ जनासहित ६ जनाको मृत्यु भएको हो। डिएसपी दिपककुमार रायका अनुसार राती करिब १२ बजेतिर पहिरो गएको थियो।

इलाममा ८ को मृत्यु, ७ बेपत्ता

करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।

हुम्लामा पहिरोले घर पुरिँदा छ जना बेपत्ता

लगातारको वर्षाका कारण पहिराले घर पुरिँदा हुम्लामा एकै घरका छ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आएको पहिरो खसेको थियो।

आन्तरिक पर्यटक ह्वात्तै बढेपछि म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन्। म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन्।

सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ।

प्रहरी हिरासत नै असुरक्षित

विसं. २०७७ भदौ २१ गते पसलवाट मोबाइल चोरीको आरोपमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राख्यो। भदौ २६ गते बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको मृत्यु भयो।

भैसि चोरेको आरोपमा पक्राउ परेका युवक प्रहरी हिरासत भित्र मृत भेटिए

कैलालीमा प्रहरी हिरासतमा रहेका एक युवक मृत अवस्थामा फेला परेका छन्। भैसि चोरेको आरोपमा प्रहरीले सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर रानालाई आईतबार कैलाली लम्की चुहा, ५ बाट पक्राउ गरेर ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेको थियो।

यार्सागुम्बासहित दुई जना पक्राउ

प्रहरीले खोटाङ रावावेशी गाउँपालिका वडा नं.४ का २७ वर्षे समिर गुरुङ र संखुवासभा चैनपुर नगरपालिका वडा नं.४ का ३२ वर्षे श्यामकुमार लिम्वुलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्