२० आश्विन २०८१ आइतबार
image/svg+xml

दाङमा १६ उम्मेदवारको जमानत जफत

दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ। क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो।

दाङमा नेकपाको अग्रता

दाङ क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा उपनिर्वाचनको मतगणनामा नेकपाले अग्रता लिईरहेको छ। आइतवार बेलुका ८ बजेसम्मको गणना अनुसार नेकपाका उम्मेदवार बिमलाकुमारी खत्रीले १४ हजार ५ सय ७८ मत ल्याएकी छिन्।

दाङमा १४ जनाको उम्मेदवारी  दर्ता

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३  (ख) मा  प्रदेशसभा सदस्यका लागि आज १४ जनाको उम्मेदवारी दर्ता भएको छ।

१५ शैय्याको अस्पताल सञ्चालनमा

दाङको बङ्गलाचुली गाउँपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनमा आएको छ। सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार गाउँपालिकाको केन्द्र कमिरेचौरमा रहेको काभ्रे स्वास्थ्यचौकीबाट अस्पतालको सेवा शुक्रबारदेखि शुरु गरिएको हो।

दाङमा रगत अभाव

दाङमा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले रगतको माग बढेको छ। त्यसका कारण जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ। बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुन सकेको छैन।

शे–फोक्सुण्डोको साल्दाङमा पहिलोपटक मोबाइल सेवा

सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलोपटक नेपाल टेलिकमको मोबाइल सेवा सुरु भएको छ।

दाङमा डुबेर तीन जनाको मृत्यु

दाङमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। शुुक्रवार राती दुईजना र शनिवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु

सिँचाई गर्नका लागि निर्माण गरिएको पोखरीमा डुबेर आइतबार बेलुका दाङका तीन युवतीको मृत्यु भएको छ।

वडाध्यक्षको कुटाइबाट बालक घाइते

वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ। आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन्।

पेट्रोलियम पदार्थ अभाव

पेट्रोलियम पदार्थ अभाव भएको छ। गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ।

हाँसलाई जिस्काएर भागेका युवक बेपत्ता

एक युवा छ दिनदेखि बेपत्ता छन्। तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताए।

बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’

जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन्। विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए।

दाङको कोशेली ‘बधिया भाले’

दाङमा भित्रने आन्तरिक पर्यटक होऊन् या वाह्य, तिनलाई नयाँ नयाँ कुरा पस्कन पाउँदा दङेलीहरु मख्ख पर्छन्। पछिल्लो समय पाहुनाहरुका लागि यहाँको ‘त्रिशूल’ मन जित्ने अस्त्र बन्दै आएको छ। घोराही धारापानीमा रहेको त्रिशूल यतिबेला विश्वकै अग्लो त्रिशूलका रुपमा ख्याति बटुल्न थालेको छ। र, यसको दर्शन गर्नेहरुको घुइँचो पनि बढिरहेको छ।

चट्याङ लागेर तीन बालकको मृत्यु, एक घाइते

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरिघाटमा मंगलवार बेलुका परेको चट्याङ लागेर तीनजना बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने भएको छ। सडकको दाङ–सल्यान सडक खण्डमा मर्मतको काम सुरु भएकाले शनिबारदेखि दैनिक ९ घण्टा बन्द सुरु भएको हो। सडकमा ओटासील गरिएको लामो समय पछि यहाँ मर्मतको काम सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङको आर्थिक सहयोगमा दाङको तुल्सीपुरदेखि सल्यानको कपुरकोटसम्म मर्मतको काम सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्