४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लागेर तीन बालकको मृत्यु, एक घाइते

दाङ– दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरिघाटमा मंगलवार बेलुका परेको चट्याङ लागेर तीनजना बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। 

ईप्रका भालुवाङका प्रहरी नायव निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरिघाटका १२ बर्षिय साजन चौधरी, १३ बर्षिय बिबेक चौधरी र १० बर्षिय रमित चौधरीको मत्यु भएको हो। चट्याङ लागेर सोही गाउँका ८ बर्षिय अबिनाश चौधरी घाइते भएका छन्। उनको लमही अस्पतालमा उपचार भैरहेको छ।

प्रहरीका अनुसार एकै गाउँका चारै बालक मौरिघाट माध्यामिक बिद्यालय परिसर नजिकै रहेको जामुनको रुखमुनी जामुन खाँदै थिए। बेलुका साढे ६ बजेतिर एक्कासी चट्याङ लागेर चार जना ढलेका थिए। चारमध्ये अविनाशको अवस्था मात्रै सामान्य रहेको थियो भने अन्य तीनजना अचेतावस्थामा थिए।  ‘मावि मौरिघाट परिसरमा जामुनको रुख रहेछ, चारै बालक खैल्दै जामुन खाँदै गरेका रहेछन्’, ईप्रका भालुवाङका प्रहरी नायव निरीक्षक खत्रीले भने ‘त्यहीँ क्रममा बेलुका साढे ६ बजेतिर चट्याङ लागेको रहेछ।’

चट्याङ लागेर अचेतावस्थामा रहेका तीनै बालकलाई तत्काल लमही अस्पतालमा उपचारका लागि ल्याइएको थियो। अस्पतालले तीनैलाई मृत घोषणा गरेको प्रहरी नायव निरीक्षक खत्रीले जानकारी दिए।  

प्रकाशित: १० असार २०७६ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App