२३ असार २०८१ आइतबार
image/svg+xml

जनताका काम टार्ने प्रवृत्ति बढ्दै गयो: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउँदै जनताका काम टार्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।

१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।

भारतीय नागरिक मानव अंगसहित पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सारको १ नम्बर ढाटबाट भारतीय नागरिकलाई मानव अंगसहित प्रहरीले पक्राउ गरेको छ।

धर्मशालामा सञ्चालित होटलः तीन घन्टामै खोलियो सरकारले लगाएको ताला

कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन्। त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो। पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थितिसमेत देखिएको थियो।

देउवा–मोदी भेटवार्ता: पञ्चेश्वर अघि बढाउने सहमति

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग संयुक्त संयन्त्र बनाएर सीमा विवाद समाधान गर्न प्रस्ताव गरेका छन्। देउवाले यस्तो प्रस्ताव गरेलगत्तै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल–भारत सीमा विवाद संवादको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।

नेपाल–भारत सांस्कृतिक सेतु ‘मिथिला परिक्रमा’

मिथिला मध्यमा परिक्रमपछि मिथिला विहारीको मुख्य डोला जनकपुरधाम पुगेको छ। शुक्रबार बिहान जनकपुरधामको अन्तःगृह परिक्रमा गरेपछि धार्मिक यात्रा ‘मिथिला मध्यमा परिक्रमा’ सम्पन्न हुनेछ।

संयुक्त आर्थिक आयोगका अपेक्षा

सन् २०१४ मा सरकार–सरकारबीच विचार आदान–प्रदान भएपछि सन् १९९७ पछि १७ वर्षमा माथिल्लोस्तरमा राजनीतिक भ्रमण आदान–प्रदान भएको थियो।

बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्योः स्वास्थ्य मापदण्ड पालना गर्न आदेश

नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरूपमा आवतजावत भइरहेको छ।

बाँकेमा बढ्दै कोरोना, जमुनाहा नाकामा एकैदिन ३९ जनामा संक्रमण

उक्त नाकामा यही पुस १९ गते ९ जना, पुस २० गते ४, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६, पुस २४ गते ४६ र आइतबार ३९ जनामा संक्रमण देखिएको फोकल पर्सन ओलीले जानकारी दिए।

बाँकेमा तेस्रो लहरको जोखिम बढ्दो

पछिल्ला दुई दिनको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिनेहरुबाट कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ। भारतमा पनि दैनिकरुपमा कोरोना भाइरस बढ्दै गएपछि पछिल्लो समय नेपालीहरु घर फर्किनेको संख्या बढ्दै गएको छ।

सेनालाई पाँच थान ट्रक सहयोग

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक समारोह सम्पन्न

संस्कृति भारत मुख्य आयोजक रहेको सो कार्यक्रममा डिएभी सुशील केडिया विश्व भारती विद्यालय, स्वामी विवेकानन्द संस्कृति केन्द्र र भारतीय राजदूतावास जोडिएका छन्।

तस्करी रोक्न खोज्दा प्रहरीमाथि हातपात

मूल नाका छलेर भित्री बाटो हुँदै तस्करी भइरहेको सूचना आएपछि बाख्रा नियन्त्रण गर्न खोज्दा तस्करीले आफूमाथि हातपात गरेको असइ ओलीले बताइन्। तिहार नजिकिँदै गर्दा तस्करीले बाहिरी बाटो (चोर बाटो) बाट तस्करी गर्दै आएका छन्। ‘भित्री बाटो हुँदै बाख्रा तस्करी भएको सूचनाका आधारमा हामी पहिला दुई पछाडि दुईजना त्यहाँ गएका थियौं,’ असइ ओलीले भनिन्, ‘नियन्त्रण गर्न खोज्दा हामीमाथि उल्टै हातपात भयो।’

नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्णः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्