१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्णः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाई कार्यक्रममा बोल्दै महतोले सो कुरा बताएका हुन्।

उनले नेपाल भारतबीचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गरे। राम र सीताबीचको सम्बन्ध रामायणकालिन भएकै कारणले आफूहरुले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको उनले बताए। वरिष्ठ नेता महतोले सीता बिना सम्पूर्ण रामायण नै अपुरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताए।

उनले मिथिलाको कला क्षेत्र पौराणिक कालदेखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफ्नो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने बताए। मिथिला नाट्य कला परिषद्ले मिथिला संस्कृति र यसको विकासको लागि खेलिरहेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ।

प्रकाशित: १४ कार्तिक २०७८ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App