१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।

बुधबार राति १० बजेतिर इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेक गर्ने क्रममा एउटा पिकअप भेनमा गाँजा र अदुवा राखेर लैजाँदै गर्दा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १ सय २० किलो गाँजा र ५ सय ५४ किलो अदुवा त्रिपालले छापेर बुधबार राति १० बजेतिर भारत लैजाँदै गर्दा चेक गर्ने क्रममा फेला परेको हो।

गाडीहरु चेक गरेको देखेर चेक गर्ने स्थानभन्दा करिब १ सय मिटर पर गाडी छाडेर चालक फरार भएको र गाडी धनी तथा चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। बोराभित्रको तल्लो भागमा गाँजा र अदुवा राख्दै माथिबाट धानको भुसले छोपेको लैजान लागेको अवस्थामा पिकअपलाई नियन्त्रणमा लिइएको बताउँदै डिएसपी श्रेष्ठले भने, ‘गाँजा र अदुवासँगै ४५ किलो धानको भुस पनि बरामद गरिएको छ। घटनाको थप अनुसन्धान थालिसकेका छौं।’ प्रदेश १ को पहाडी भेगमा गाँजाको खेती हुने गरेको छ। यहाँ उत्पादन भएका गाँजा भारततर्फ तस्करी हुने गरेको छ।

त्यसैगरी विराटनगरको छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरी ल्याइएका खाद्यान्न, लत्ताकपडा र घरायसी सामान इलाका प्रहरी कार्यालय रानीले बरामद गरेको छ।

भन्सार छलेर नेपाल ल्याएका खाद्यान्न, लत्ताकपडा र घरायसी सामान करिब ९ लाख ३० हजार १ सय ५० रुपैयाँ बाराबरको बरामद गरी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७९ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App