१० मंसिर २०८१ सोमबार
image/svg+xml

गोठालो जान सीमा पास माग्दै लप्चीका स्थानीय

‘सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुप¥यो’ बिगु गाउँपालिका– १ लप्चि सीमाका स्थानीय फुर्वाथार्के शेर्पाले आज दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई अनुरोध गरे।

सर्वोच्चको निर्णय विपरीत 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते बिदा दिँदैछन् स्थानीय तहहरू

सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्।

हिउँ, हिमाल र हिउँ चितुवाको मारमा याकचौँरी

हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो।पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन्।

हिउँदमा हिउँमै बिताउँछन् चौंरीपालक किसान

मनाङ ङिस्याङ गाउँपालिका ५ भ्राकाका स्थानीय हिउँका ढिस्काभित्र रहेका याकचौंरीका बथानसँग रमाइरहेका भेटिन्छन्।

हिउँको घुम्टोमा मनाङ (फोटो फिचर)

हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ। हिउँको घुम्टोमा लुकेझैँ लाग्छ सुन्दर मनाङ। हिउँले जनजीवन असहज भएपनि बाली सप्रने भन्दै किसान खुसी भएका छन्

ओलाङचुगोलावासीलाई घाँसको जोहो गर्न चटारो

ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ। हिउँदमा हिमपात हुने हुँदा उनीहरू चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन्।

सन्दकपुरमा व्यावसायिक रूपमा चौंरी पालन

चौरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन्। लोप हुँदै गएको चौंरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो।

लम्पी स्किनः हिमाली जिल्लाका याक चौंरी सुरक्षित

पशुमा लाग्ने लम्पी स्किन रोगले यतिबेला सबैतिर अत्याइरहँदा हिमाली भेगमा पालिएका याक चौंरी भने अहिलेसम्म सुरक्षित रहेका छन्। याक चौंरीमा अहिलेसम्म यो रोग फेला नपरेको हिमाली जिल्लाका पशु स्वास्थ्य चिकित्सकले बताएका छन्। हिमाली भेगकै अरु गाई गोरुमा यो रोग देखिएपनि याक चौंरी भने सुरक्षित रहेको उनीहरुको भनाई छ।

चौंरीपालकसम्म पुग्दैन अनुदान

वर्षमा नौ महिना चौंरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन्।

बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित

चौँरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ। एउटै गोठमा ५० भन्दा बढी चौँरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन्।

‘चौँरी गाई हेर्दै ऊन धागो बेर्दै जिन्दगी बित्यो है’ (फाेटाे फिचर)

‘खैरे हिँड्ने बाटोमा त यो पालि हामी मात्र हिँड्यौँ,’ सोनामले ठट्टा गरे। उनी गायक रहेछन्। त्यति लेखपढ नभएका उनी आफैँ गीत बनाएर गाउँदा रहेछन्। दोहोरी उनलाई साह्रै मन पर्ने। उनले गीत सुनाए: चेराम है माथि, रामजेर है खर्क सुनपाती फूल्यो है, चौँरी गाई हेर्दै, ऊन धागो बेर्दै जिन्दगी बित्यो है।

चौँरी डुलाउनेहरूको कथा

ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पर्ने खम्बाचेनकी पेम्बा शेर्पालाई गोठको जीवन कहिलेदेखि सुरु गरेँ भन्ने यकिन सम्झना छैन। सानै उमेरमा बिहे गरेकी ५६ वर्षीया पेम्बा बिहे गरेदेखि नै गोठमा याक, चौरीसँग रमाउन थालेको बताउँछिन्।

घट्दै हिमाली क्षेत्रको पहिचान

हिमाली तथा उच्च पहाडी क्षेत्रमा चौंरीपालन गर्ने निकै पुरानो चलन हो। यतिबेला चिसो बढेसँगै चौंरी तुलानात्मक रुपमा औल मानिएको क्षेत्रतिर झार्ने बेला सुरु हुन लागेको छ। चौंरीपालन व्यवसायलाई हिमाली क्षेत्रको पहिचानको रुपमा लिइन्छ। चौंरीपालन व्यवसायबाट राम्रै आम्दानी हुन्छ। तर, बर्सेनि चौंरीपालन गर्नेको संख्या घट्दै गएको छ। नयाँ पुस्ताको घटेदो आकर्षण, जंगली जनावरको आक्रमणको त्राससँगै वैकल्पिक व्यवसायका कारण ताप्लेजुङ, पाँचथरका हिमाली तथा उच्च पहाडी क्षेत्रमा चौंरी पाल्ने परम्परा घट्दै गएको हो।

चौँरीपालन व्यवसाय सञ्चालन

कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले जाजरकोट दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ। डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चौँरीपालन गरिएको छ।

चौरीसँग सेल्फी

नयाँ वर्षको आसपासमा मौसम विग्रिन खोजिरहेको थियो। धुम्म हुने, पानी पर्ने, हावाहुरी आउने गर्दै थियो। यस्तो अवस्थाले नयाँ वर्षमा रमाउनेलाई रोक्न सकेन। पाँचथरको उत्तरी फालेलुङ गाँउपालिकाको चार राते यसै पनि चर्चित छ। नेपाल–भारतको सिमाना नजिकै पर्ने यो आकर्षक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्