१ आश्विन २०८१ मंगलबार
image/svg+xml

चौंरी महोत्सवको निम्तो

गुराँस फूल्न थालिसक्यो। बिस्तारै चौंरीगाई हिमालतिर चढ्दै छन्। उच्च पहाडी क्षेत्रमा गोठ पाल्ने संस्कृति रोचक देखिन्छ। बस्तीबाट माथि खर्कमा चौंरी पालिन्छ। डाँडामा चौंरी चरेका देखिन्छन्। दूध, घ्यु र छुर्पीका लागि गोठाला व्यस्त छन्। अचेल गोठलाई पशुपालनका रूपमा मात्र नलिई गोठ संस्कृतिका रूपमा समेत हेर्न थालिएको छ। यसै सन्दर्भमा फेरि फालेलुङ चौरी महोत्सव गरिँदै छ। तेस्रो चौंरी महोत्सव वैशाख १ गतेबाट चार राते (३,३४० मिटर)मा सुरु हुँदै छ।

चौंरी डुल्ने लेकमा...

मुटु कमाउने चिसो । बाहिर हुण्डरी । गोठको बास । हावाको झोक्का यसरी आउँथ्यो कि मान्छे नै उडाउला जस्तो । त्यति दुःखले पुगेको ठाउँमा मौसम विग्रेला भन्ने चिन्ता । धन्न त्यस्तो भएन, मौसम खुल्यो । विहानी छर्लंग उघ्रियो । कञ्चनजंगा, कुम्भकर्ण, सगरमाथा लगायत हिमाल चाँदी झैं चम्किए । निकै टाढासम्मका डाँडा हरिया देखिए । मनै हर्ने किसिमका । ढकमक्क फूलेका गुराँस । चौंरीहरु लमक लमक हिँडिरहेका । जता हे¥यो उतै लोभ लाग्दो । तनलाई शितलता र मनलाई आनन्द।

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

पाँचथरको फालेलुङ गाउँपालिकामा दुई दिने चौंरी महोत्सव सम्पन्न भएको छ। नेपाल र भारतको सीमनामा रहेको उच्च पहाडी क्षेत्रमा सयौँको संख्यामा चौँरी भेला गरी महोत्सव सम्पन्न भएको हो।

चौँरीपालनबाट करोडपति

शुरुमा दश वटा चौँरीबाट व्यवसाय शुरु गरेका कान्छा गुरुङ अहिले करोडपति बनीसकेका छन् । अहिले गुरुङको चौँरी गोठमा साठी वटा चौँरी छन् । चौँरी गाईकाे व्यापार एवं दुग्धजन्य उत्पादनबाट गुरुङले मनग्ये आम्दानी गरेका छन् ।

चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन्।

चौंरी : पर्यटनको नयाँ ‘प्रोडक्ट’

मेची पहाडको पर्यटन विकासका लागि विभिन्न सम्भावना खोजी भइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकास्थित चाररातेमा आयोजित चौंरी महोत्सवले नयाँ ‘प्रोडक्ट’ थपेको छ । लोपोन्मुख हुन लागेको चौंरीपालन व्यवसायलाई पर्यटनसँग जोडेर दीर्घकालिन बनाउने प्रयासमा सम्भवतः नेपालमै पहिलो पटक चौंरी महोत्सव आयोजना गरिएको हो ।

बसाइँ सर्छन् चौंरी पनि

गत वर्ष सिन्धुपाल्चोकमा चौंरी र याकको संख्या घट्दै १ हजार भएको अनुमान गरिएको थियो। घट्दो चौंरी, याकको संख्याले यसको अस्तित्व नै समाप्त हुने हो कि भन्ने चिन्ता व्याप्त थियो। वंश लोप हुन नदिन संरक्षणमा बर्सेनि ठूलो धनराशी खर्चंदा समेत घट्दो चौंरी, याक सरकारको ठूलो टाउको दुखाइको विषय बन्दै आयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्