१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बेलायती वाणिज्य दूतावासका कर्मचारी पक्राउ

हङकङस्थित बेलायतको वाणिज्य दूतावासका एकजना कर्मचारी चिनियाँ सीमाबाट पक्राउ परेका छन्।हङकङ नागरिक भनिएका सिमन चेङ गत अगस्ट ८ देखि हराइरहेका थिए। विभिन्न सञ्चारमाध्यमका अनुसार बेलायती वाणिज्य दूतावासका ती कर्मचारी आफ्नो व्यापारिक भ्रमणका गएका बेलादेखि नै बेपत्ता भएका थिए।

कार्यसम्पादन सम्झौतालगत्तै डेढदर्जन सचिव सरुवा

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै प्रधानमन्त्रीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे। उनको निर्देशनमा मन्त्तीले सचिवहरूसँग र सचिवहरूले आफू मातहतका अरु कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरे। तर मन्त्रीहरूले आफू मातहतका सचिवहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको एक साता पनि नबित्दै मन्त्रिपरिषद्ले डेढ दर्जन सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह, वन, संघीय मामिला, अख्यितार, सहरी विकास, कानुन र महिला बाहेका अन्य मन्त्रालयका सचिव सरुवा गरेको हो।

प्रशासनको छड्के निरीक्षणः ३ कार्यालय प्रमुख र १५ अधिकृतसहित ७७ कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार संघ तथा प्रदेशस्तरीय विभिन्न कार्यालयको आकस्मिक निरीक्षण गरेको छ। निरीक्षणका क्रममा १३ वटा कार्यालयका ३ प्रमुख १ उपसचिव १५ अधिकृतसहित ७७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

योजना आयोगका कर्मचारी कार्यालयमै मृत फेला, विष सेवन गरेको आशंका

राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् ।आयोगमामा कार्यरत सुब्बा बच्चु केसी मृत फेला परेका हुन् । उनी आयोगको हलमा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

निजामती कर्मचारी हिमाली जिल्लामा २ वर्ष बस्नैपर्ने

समतिलिे मन्त्रालयलाई पठाएको प्रस्तावमा चक्रीय प्रणालीअनुसार अबदेखि सबै निजामती कर्मचारी कम्तीमा एकपटक क, ख र ग गरी तीनवटै श्रेणीका जिल्लामा कम्तीमा दुई वर्ष बस्नुपर्ने व्यवस्था राख्न निर्देशन दिइएको उनले जनाए।

तीन चिकित्सकको भरमा तीन सय सेवाग्राही

सरकारले कर्मचारी समयोजन गर्दा चिकित्सकसहित ५७ जना स्वास्थ्यकर्मीको एकैपटक सरुवा भएपछि जिल्ला अस्पताल अस्तव्यस्त बनेको छ।

समायोजनले रित्तिए अस्पताल

प्रदेशकै रेफरलका रुपमा रहेको सेती अञ्चल अस्पतालमा ११ औं तहका तीन, १० औं तहका चार र नवौं तहका चार गरी ११ जना विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा समायोजनपछि तीनजना मात्रै बाँकी छन्।

रसुवागढी नाका जोड्ने सडक मर्मत

सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरी रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु गरिएको छ। सो सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएकाले मर्मत सुरु गरिएको हो।

कर्मचारीको पनि रोजाइमा परेन कर्णाली

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्याय प्रदेश मन्त्रालय स्थापनाका बेला दौडधुप गर्नेमध्येका एक पात्र हुन्। उनले प्रदेश मन्त्रालयको कार्यालय व्यवस्थापनदेखि पहिलो मन्त्रिपरिषद् बैठक व्यवस्थापन गर्न खटनपटन गरे। तर अहिले उनै उपाध्यायले प्रदेश छाडेर संघ रोजेका छन्। उनी मात्र होइन कर्णाली घर भएका उपसचिव, अधिकृत भएकाहरूले समेत कर्णाली रोजेनन्। उनीहरूको रोजाइमा संघ तथा अन्य प्रदेश नै प-यो।

सडकका कर्मचारी र प्रहरी परिचालन गरेर रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु

सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरेर सडक मर्मत सुरु गरिएको छ। नाका जोड्ने सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएपछि सडक मर्मत काम सुरु गरिएको हो।

विद्युत प्राधिकरणको कार्यक्रममा उर्जामन्त्री बोल्दा विजुली गएपछि...

नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ। आइतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

स्थानीय तहले फर्काएका कर्मचारी ‘बेवारिसे’

संघीय मन्त्रालयका प्रवक्ता भूपाल बरालले स्थानीय तहले फर्काएका कर्मचारीलाई संघीय मन्त्रालयले हाजिरी नगराउने बताए। उनले भने, ‘समायोजन भएर गएका कर्मचारीलाई हाजिरी गराउने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो। अब मन्त्रालयले हाजिरी गराउन सक्दैन। ’

एक वर्षमै ३ सय ३० जना कर्मचारी कडा रोगी

एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले मानसिक बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफरिस बनाएका छन्। समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरूले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन्। त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन्।

वन कर्मचारीको मिलोमतोमा यसरी भयाे काठ तस्करी

नेपाल भारतको सीमा क्षेत्रका समिलबाट वन कर्मचारीको मिलिमतोमा अबैध काठ कागज मिलाएर तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्