६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वन कर्मचारीको मिलोमतोमा यसरी भयाे काठ तस्करी

प्रहरीले नियन्त्रणमा लिएको अबैध काठ । तस्बिरः निर्मल/नागरिक

बर्दिया– नेपाल भारतको सीमा क्षेत्रका समिलबाट वन कर्मचारीको मिलिमतोमा अबैध काठ कागज मिलाएर तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। सीमा क्षेत्रमा सञ्चालन भइरहेको समिलबाट वन कर्मचारीको मिलिमतोमा अन्य जिल्लामा अबैध काठ तस्करी भइरहेको तथ्य सार्वजनिक भएको हो। बुधबार वन कर्मचारी शिल गरेको काठसहित ट्रक प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान बढाएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

‘काठ तस्करी भईरहेको सूचनाको आधारमा प्रहरीले सम्भावित ठाउँमा प्रहरीले निगरानी बढाएको थियो’ उनले भने, ‘सिल लागेको ट्रकमा बढी काठ भएको सूचना प्रहरीसँग थियो, सिल लागेको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा वन कर्मचारीको मिलिमतोमा कागज मिलाएर काठ तस्करी गरीरहेको पाईएको होे।’

गुलरियाबाट नेपालगन्जतर्फ गइरहेको ना २ ख ८८९४ नम्बरको ट्रकसहित चिरान काठ अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बेला  सिल लगाएको  ट्रकमा अबैध काठ भेटिएको हो।

प्रहरी उपरीक्षक बास्तोलाका अनुसार वन डिभिजन कार्यालयले दिएको छुटपुर्जी भन्दा बढी परिमाणको काठ फेला परेपछि कागज मिलाएर तस्करी भईरहेको पुष्टि भएको छ।

उक्त सिल लागेको ट्रक बाँकेको नेपालगंजको छुटपुर्जी दिईएको थियो। काठको परिमाण जाँचबुझ गर्न प्रहरी, वन कर्मचारी र अख्तियारको टोलीको रोहबरमा डिभिजन वन कार्यालय बाँकेमा काठको नापी गर्दा कागजमा भन्दा दुई गुना बढि अबैध काठ भेटिएको प्रहरी उपरीक्षक बास्तोलाले जानकारी दिए। वन कर्मचारीको मिलिमतोमा कागजमा प्रहरीलाई झुक्काएर लामो समयदेखि अबैध काठ तस्करी गर्ने गिरोह रहेको सक्रिय रहेको पुष्टि भएको छ। ट्रकमा सिसौ, सिरिस र सागुनलगायतका काठ रहेको प्रहरीले जनाएको छ। वनले दिएको छुटपुर्जीमा सिसौ चिरान १ सय २४ थानको १ सय १४ घन फिट, सीरिस चिरान ६ थानको ९ दशमलव ४६ घन फिट, स्ट्रीप ९ सय किलो ग्राम र बकाईनो ५सय किलो ग्राम उल्लेख छ।

वन रक्षक राजन उपाध्यायले तयार गरेको सिलबन्दी पुर्जीमा वन सहायक बन अधिकृत आनन्द शाहले दरपिट  गरेका छन्। यस्तै,स्थानान्तर पुर्जी वन डिभिजन कार्यालय निमित्ति वन अधिकृत सितेश महत्तोले दिएका छन्। सबै प्रक्रिया पुरा गरेर भईरहेको काठ तस्करी नियन्त्रण गर्न प्रहरी सफल भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनका अनुसार यस घटनामा सलग्नता हुने जो कोहि पनि कानुनी दायरामा आउने छ।

 

प्रकाशित: ३१ श्रावण २०७६ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App