१४ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौं महानगरपालिकाका कर्मचारी समायोजनमा

काठमाडौं महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ। यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो।

नगरपालिकाका कर्मचारीमाथि कुटपिट, कारबाही गर्न कर्मचारीको माग

सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ।

लायन्स क्लब अफ काठमाडौं कन्सर्नद्वारा ४० विद्यार्थीलाई ड्रेस, स्कुल ब्याग तथा स्टेसनरी सामाग्री वितरण

लायन्स क्लब अफ काठमाडौं कन्सर्नले सिरहा जिल्ला लहान नगर पालिका १५ ढोढनास्थित श्री आधारभूत विद्यालय बेतहा खोलाका ४० विद्यार्थीहरुलाई ड्रेस, स्कुल ब्याग तथा स्टेसनरी सामाग्री वितरण गरेको छ।

जयनगर–जनकपुर रेल एक महिनाभित्रै चलाउने तयारी

नेपाल रेल्वे कम्पनीले गत असोज २ गते भारतको जयनगरदेखि जनकपुरसम्म रेल ल्याएर परीक्षण गरेको थियो। तर कोभिड–१९, प्राविधिक जनशक्ति अभाव र रेल सञ्चालनको लागि आवश्यक कानुन नभएको भन्दै त्यत्तिकै राखिएको छ। महाप्रबन्धक भट्टराई अहिले दुवै मुलुकमा कोभिड १९ को संक्रमणको दर घट्दै गएकाले पनि अबको एक महिनाभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन्।

कार्यालय सहयोगीदेखि उपसचिवको यात्रा

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको छ।

‘कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी समायोजन गर्नू’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीको पद, दरबन्दी र समूह किटान गरेर मात्र कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारी र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले बुधबार कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको हो ।

लोकप्रिय हुन हप्तामा दुई दिन बिदा प्रस्ताव

निजामती कर्मचारीलाई कति बिदा दिने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको हो। त्यससम्बन्धी अध्ययन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको भए पनि पर्यटन मन्त्रालयले विभागीय कार्यक्षेत्र कुल्चेर निजामती कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव अघि सारेको छ।

प्रदेश लोकसेवाले विज्ञापनमार्फत माग्यो कर्मचारी

प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक विज्ञापनमार्फत कर्मचारी माग गरेको छ। आयोगले बिहीबार राजपत्रांकित तृतीय श्रेणी र सातौं तह नेपाल इन्जिनियरिङ सेवातर्फ प्राविधिक पदमा कर्मचारी माग गरेको छ।

विवादले कर्मचारी चुनाव प्रभावित

अहिले पनि तत्कालीन एमालेनिकट नेपाल कर्मचारी संगठन र तत्कालीन माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठन अलगअलग अस्तित्वमा छन्। नेकपाभित्र देखिएको विवादको असर यी दुई संगठनमा पनि देखिएको छ। दुई संगठनका पदाधिकारी अहिले आपसी आरोप प्रत्यारोपमा जुटेका छन्।

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी समस्याबारे स्वास्थ्यमन्त्रीसँग छलफल

स्वास्थ्यमन्त्री ढकालले कार्यविधि आदेशबाट कर्मचारीलाई अप्ठेरो हुन गएको भए छलफल गरी खाइपाई आएको सुविधालाई असर नपर्ने गरी व्यवस्थापन गर्न आफु सकारात्मक भएको बताएका छन्।

विश्व स्वास्थ्य संगठन केन्द्रीय कार्यालयका ६५ कर्मचारीलाई कोरोना संक्रमण

डब्लुएचओले आफ्नो ट्विटर ह्यान्डलबाट दिएको जानकारीअनुसार जेनेभास्थित आफ्नो मुख्यालयमा कार्यरत ६५ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

अनशनरत कर्मचारी आइसियूमा भर्ना

धनुषाको जानकी मेडिकल कलेजको सुधारको माग राख्दै अनशनरत दुई जना कर्मचारी आइसियूमा भर्ना भएका छन्। अनशनरत मेडिकल कलेजको इमर्जेन्सी विभागका कर्मचारी कुलदीप साह र सुरक्षा विभागका कर्मचारी जानकीशरण यादवलाई स्वास्थ्य अवस्था विग्रिएपछि आइसियूमा भर्ना गरिएको हो।

कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या

जिल्ला प्रशासन कार्यालयमा सहज ढंगले सेवा नपाउँदा सेवाग्राहीहरू मारमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्