२९ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

लायन्स क्लब अफ काठमाडौं कन्सर्नद्वारा ४० विद्यार्थीलाई ड्रेस, स्कुल ब्याग तथा स्टेसनरी सामाग्री वितरण

लायन्स क्लब अफ काठमाडौं कन्सर्नले सिरहा जिल्ला लहान नगर पालिका १५ ढोढनास्थित श्री आधारभूत विद्यालय बेतहा खोलाका ४० विद्यार्थीहरुलाई ड्रेस, स्कुल ब्याग तथा स्टेसनरी सामाग्री वितरण गरेको छ।

२०६५ मास्थापना भएको विद्यालयमा ३ जना कर्मचारी कार्यरत छन्। लहानबाट १० किलोमिटर कच्ची बाटो हिडेँपछि पुगिने उत्त स्कुलका विद्यार्थीका खुट्टामा चप्पल, जुत्ता समेत थिएन। सामाजिक संस्थाको रुपमा लायन्स क्लब अफ काठमाडौं कन्सर्न त्यहाँ पुग्ने पहिलो संस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर तामाङले बताए।  

त्यहाँका विद्यार्थीले पहिलो पटक स्कुल ब्याग बोक्न पाउँदा खुशी भएका थिए। त्यहाँ अधिकाशं राई र तामाङ परिवारका बालबालिका अध्ययनरत छन्।  साथै धरानमा संचालित के.के. इन्टरनेशनल स्कुलमा आयोजित एक समारोहमा विद्यार्थीहरुका बीच लायन्स तथा किवानिज क्लब एवं साहित्य सिर्जना, लेखनपठन संस्कृति आदिका बारेमा साहित्यकार युवराज नयाँघरे र ऋषभदेव घिमिरेले विशेष प्रवचन दिएका थिए।  

लायन्स क्लब काठमाडौं कन्सर्नका उपाध्यक्ष विमला तुलाधर र बालबालिकाको क्षेत्रमा कृयाशिल सामाजिक संस्था किवानिज इन्टरनेशनल अन्तर्गत किवानिज क्लब अफ कान्तिपुरका निर्वाचित अध्यक्ष चन्द्रज्योति खतिवडा (चन्दा) ले क्लब र विद्यालयबीच शैक्षिक सहकार्य गर्ने धारणा व्यक्त गरेका थिए। सोही अवसरमा भानु प्रतिष्ठानका कोषाध्यक्ष हरिबोल ढकालले विद्यालयलाई पुस्तक उपहार प्रदान गर्ने प्रतिबद्धता गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७७ ०५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App