८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

विश्व स्वास्थ्य संगठन केन्द्रीय कार्यालयका ६५ कर्मचारीलाई कोरोना संक्रमण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

डब्लुएचओले आफ्नो ट्विटर ह्यान्डलबाट दिएको जानकारीअनुसार जेनेभास्थित आफ्नो मुख्यालयमा कार्यरत ६५ कर्मचारीमा संक्रमण पुष्टि भएको हो। 

तीमध्ये केही कर्मचारी घरबाटै काम गर्थे भने केही कर्मचारी फिल्डमा खटिएका थिए।  

संक्रमित कर्मचारी सबैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको डब्लुएचओले जनाएको छ। उनीहरूसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाइने डब्लुएचओले उल्लेख गरेको छ।  

प्रकाशित: २ मंसिर २०७७ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App