नेपालमा प्रयोग भइरहेको कोभिसिल्डलाई डब्लुएचओको मान्यता
कोरोनाविरुद्ध नेपालमा हाल प्रयोग भइरहेको कोभिसिल्ड खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ। संगठनले अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाको सहकार्यमा बनाइएका दुईथरी खोपमध्ये भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोभिसिल्डलाई सोमबार आपत्कालीन प्रयोग अनुमति दिएको हो। कोभिसिल्ड अहिले नेपालमा प्रयोग भइरहेको छ।