१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

डब्लुएचओ क्षेत्रीय निर्देशकमा साइमा वाजेद नियुक्त

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कार्यकारी बोर्डले साइमा वाजेदलाई दक्षिण–पूर्वी एसियाका लागि सङ्गठनको क्षेत्रीय निर्देशकको पदमा मंगलबार नियुक्त गरेको छ।

वाजेदले फेब्रुअरी १, २०२४ देखि आफ्नो पाँच वर्षे कार्यकाल सुरु गर्नेछिन्। उनी बङ्गलादेशबाट पहिलो र विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि दोस्रो महिला क्षेत्रीय निर्देशक हुन्।

गत नोभेम्बर १, २०२३ मा भारतको नयाँ दिल्लीस्थित दक्षिण–पूर्वी एसियाका लागि क्षेत्रीय समितिले उनलाई अर्को क्षेत्रीय निर्देशकको रूपमा निर्वाचित गरेका थियो।

क्षेत्रीय निर्देशकको रूपमा शपथ ग्रहण गर्दै वाजेदले लामो समयदेखि उपेक्षित रहेको मानसिक स्वास्थ्यको क्षेत्रमा  ध्यान दिनु पर्ने, गर्भवती महिलासहित सबै महिला तथा बालबालिकाहरूका लागि विशेष पहलको सुरुवात र कार्यान्वयन गर्ने तथा स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग जस्ता विषय आफ्ना प्राथमिकतामा हुने बताइन्।

यसैगरी उनले स्वास्थ्यमा सर्वव्यापी पहुँच, क्षेत्रीय र बहु–पक्षीय साझेदारी तथा सहकार्य, अनुगमन, जलवायु परिवर्तनले स्वास्थ्यमा पारेका प्रभावलाई सम्बोधन तथा सीमान्तकृत र जोखिममा परेका समूहको हितका लागि आफूले कार्य गर्ने बताइन्।

साइमा वाजेदले संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित ब्यारी युनिभर्सिटीबाट स्नातक र चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेकी छिन्। उनी सन् २०१९ देखि मानसिक स्वास्थ्य तथा अटिजम सम्बन्धी विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको सल्लाहकार र सन् २०१४ देखि मानसिक स्वास्थ्यमा विश्व स्वास्थ्य सङ्गठनको विशेषज्ञ सल्लाहकार समूहको सदस्यको रुपमा कार्यरत थिइन्।

प्रकाशित: १० माघ २०८० ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App