१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मंकीपक्सको नयाँ भेरियन्टको नामकरण

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मंकीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ।  पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मंकीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ।

सांस्कृतिक तथा सामाजिक कारणले मंकीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ। विज्ञहरुको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्लुएचओले मंकीपक्सको बारेमा निर्णय गरेको हो।

विज्ञहरूको सिफारिस अनुसार नयाँ भेरियन्ट पनि धेरै प्रकारका रहेको र ती मध्ये केही मुख्य भेरियन्टहरुको नाम कङ्गो बेसिन क्लेड, क्लेड वान, क्लेड टु, क्लेड टुए र क्लेड टुबी रहेको जनाइएको छ। फैलिएको ठाउँका आधारमा यसको फेरियन्ट फरक फरक भएको र नाम पनि त्यही अनुसार फरक फरक राखिएको विज्ञहरुको टोलीले जनाएको छ।

मंकीपक्सको नामाकरण भने यसको पहिलो पटक पुष्टि भएको बेला सन् १९५८ मै गरिएको थियो। अहिले त्यसको परिवर्तित स्वरुप फैलिदै गएको विज्ञहरुले बताएका छन्। मंकीपक्स नयाँ नयाँ भेरियन्टका साथ विश्वका धेरै देशमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले पनि सार्वजनिक स्वास्थ्यको चुनौतीको रुपमा यसलाई घोषणा गरेको छ। मंकीपक्स अहिलेसम्म विश्वका ८९ देशमा फैलिएको, केहीको मृत्यु भएको र हजारौँ संक्रमित भएका संगठनले जनाएको छ। 

प्रकाशित: २८ श्रावण २०७९ १७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App