३ कार्तिक २०८१ शनिबार
image/svg+xml

हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्ले सुझाव दिएका छन्।

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ।

एनआरएनए अमेरिकाद्वारा कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग

मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्।

कोभिड–१९ का कारण जिल्ला अस्पतालको नियमित सेवा प्रभावित

अस्पतालमा हुने अधिक भिडभाड रोक्नका लागि अस्पतालले अतिआवश्यक बिरामीलाई मात्र सेवा प्रदान सुरु गरेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले जानकारी दिएका छन्।

निषेधाज्ञाले फेरि निर्माण क्षेत्र प्रभावित हुने

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार एक विज्ञप्ति जारी गरी निषेधाज्ञाको कारणले पूर्वाधार क्षेत्र फेरि जटिल मोडमा पुगेको जनाएको छ। महासंघका महासचिव रोशन दाहालले कोभिड १९ को कारण गत वर्ष झैं यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण म्यादको समस्या अझै पेचिलो हुँदै जाने बताए।

लोकसेवा पदाधिकारीविहीन: निजामती प्रशासनका सम्पूर्ण काम प्रभावित

लोकसेवा आयोग पदाधिकारीविहीन हुँदा निजामती प्रशासनमा नयाँ भर्ना, बढुवासहितका सम्पूर्ण प्रक्रिया अवरुद्ध बन्न पुगेको छ। एक महिनादेखि आयोग पदाधिकारीविहीन हुँदासमेत सरकारले पदपूर्तिका लागि चासो नदिँदा निजामती प्रशासनको सम्पूर्ण काम प्रभावित बन्न पुगेको हो।

जोखिम भत्ता नपाउँदा बिपीमा स्वाब परीक्षण प्रभावित

एक साताअघि नै जोखिम भत्ता दिइनुपर्ने माग गर्दै चिकित्सकले व्यवस्थापन पक्षलाई मागपत्र पेस गरेका तर माग पूरा नभएपछि उनीहरूले आइतबारदेखि संकलन गरेको स्वाब परीक्षण गर्न जिम्मा लिन मानेका छैनन्।

तुँवालोले २८ हजार हवाई यात्रु प्रभावित

अघिल्लो हप्ता पाँच दिनसम्म पोखराबाट कुनै पनि गन्तव्यमा हवाई उडान भएन। पाँच दिनपछि जसोतसो खुलेको मौसम पुनः बिग्रँदा सोमबारदेखि हवाई सेवा पुनः प्रभावित भएको छ। तुँवालोले हवाई उडानसँगै यहाँको पर्यटन क्षेत्रमा पनि असर परेको व्यवसायीले बताउन थालेका छन्।

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ। मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

तुँवालोले फेरि उडान प्रभावित

बाक्लो तुँवालोले पोखरा विमानस्थलबाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ। झण्डै एक साता अवरुद्ध रहेको उडान गत बिहीबार खुलेको थियो। सोमबारदेखि पुनः प्रभावित भएको छ।

तुँवालोले सुर्खेतमा उडान प्रभावित

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिबिलिटी कम हुँदा यहाँ उडान प्रभावित भएको हो। बिहान सफा रहेको आकाश एक्कासि तुवाँलोले ढाकिएपछि उडान रद्द भएका थिए। सुर्खेत विमानस्थलबाट दैनिक आठदेखि १० वटासम्म उडान हुन्छन्।

चार दिनदेखि हवाई सेवा प्रभावित

भिजिबिलिटीकै कारण उडान रद्द हुँदा तीन दिनदेखि विमानस्थल पुगिसकेका यात्रुसमेत फर्कन बाध्य छन्। शुक्रबार दिउँसो एकाएक भिजिबिलिटी कम भएपछि झण्डै तीन घन्टा विमानस्थल नै बन्द हुन पुगेको थियो। त्यसयता दर्जनौं आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका उडान रद्द भइसकेको विमानस्थल कार्यालयले जनाएको छ।

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ। तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन्।

भिजिबिलिटी कम हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौंको आकाशमा बाक्लो हुस्सु देखिएका कारण भिजिविलिटीमा समस्या आएको छ। आज दिउँसाेदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा कुनै पनि जहाज अवतरण गर्न सकेका छैनन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्