coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौंको आकाशमा बाक्लो हुस्सु देखिएका कारण भिजिविलिटीमा समस्या आएको छ। आज दिउँसाेदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा कुनै पनि जहाज अवतरण गर्न सकेका छैनन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको छ। 

भिजिबिलिटी कम हुँदा आन्तरिक उडानका जहाज त्रिभुवन विमानस्थल आउन सकेका छैनन् भने केही अन्तर्राष्ट्रिय विमानहरु आकाशमा होल्ड गर्न बाध्य भएका छन्।  

भिजिबिलिटी कम हुँदा आफ्ना उडानहरु प्रभावित भएको बुद्धएयरले आफ्नो ट्वीटरबाट जानकारी गराएको छ। बुद्धएयरले लेखेको छ,'काठमाडौंमा भिजिविलिटी समस्या देखिएको छ। हाम्रा उडानहरु पनि प्रभावित भइरहेको छ।असुविधाको लागि क्षमाप्रार्थी छौं। उडान सम्बन्धी अपडेट हाम्रो मोवाइल एपबाट हेर्न सकिन्छ। धन्यवाद'

प्रकाशित: १३ चैत्र २०७७ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App