१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रतिकूल मौसमले एयर चाइनाको जहाज डाइभर्ट, कतिपय होल्डमा

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।

भिजिबिलिटी नपुग्दा दुई दिनदेखि पोखराको हवाइसेवा अवरुद्ध

निरन्तरको झरिले पोखराबाट सबै सहरसँगको हवाई सेवा बिच्छेद भएको छ। दुइदिनदेखि पोखराबाट कुनैपनि हवाई उडान हुन सकेको छैन। पोखरामा मंगलबार रातीदेखि सुरु भएको वर्षा अझै रोकिएको छैन। त्यसले गर्दा हवाई सेवा प्रभावित भएको पोखरा विमानस्थलले बताएको छ।

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याेः त्रिभुवन विमानस्थलमा उडान ठप्प

सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन्।

चार दिनदेखि हवाई सेवा प्रभावित

भिजिबिलिटीकै कारण उडान रद्द हुँदा तीन दिनदेखि विमानस्थल पुगिसकेका यात्रुसमेत फर्कन बाध्य छन्। शुक्रबार दिउँसो एकाएक भिजिबिलिटी कम भएपछि झण्डै तीन घन्टा विमानस्थल नै बन्द हुन पुगेको थियो। त्यसयता दर्जनौं आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका उडान रद्द भइसकेको विमानस्थल कार्यालयले जनाएको छ।

भिजिबिलिटी कम हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौंको आकाशमा बाक्लो हुस्सु देखिएका कारण भिजिविलिटीमा समस्या आएको छ। आज दिउँसाेदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा कुनै पनि जहाज अवतरण गर्न सकेका छैनन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द

उपत्यकामा न्यून भिजिबिलिटीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द भएको छ। आइतवार विहानैदेखी ठप्प विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण बन्द बन्द भएको हो। विहानैदेखी सिमसिमे वर्षा तथा हुस्सुका कारण भिजिबिलिटी एकदमै हुँदा उडान अवतरण बन्द गर्नु परेको विमानस्थल प्रशासनले जनाएको छ।

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार जाडो मौसममा भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएको हो। क्षेत्रीले वैकल्पिक विमानस्थल प्रयोग गर्न यात्रुलाई सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्