४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

समावेशी र पहुँचयोग्य निर्वाचनका लागि महिला मन्त्रालयले थाल्यो अभियान

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समावेशी र पहुँचयुक्त बनाउने उद्देश्यले जनचेतनामूलक एवं प्रचारात्मक सामग्री प्रसारण सुरु गरेको छ।

गत आइतबार निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेसँगै मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अन्य सीमान्तकृत वर्ग तथा समुदायलाई लक्षित गर्दै १० वटा स्थानीय भाषामा समावेशीकरण प्रवर्द्धन र अधिकारसम्बन्धी जानकारीसहित शिक्षा तथा सन्देशमूलक सामग्री तयार गरी प्रसारण तथा प्रचारप्रसार थालेको हो। 

मन्त्रालयका अनुसार नेपालीसहित मैथिली, भोजपुरी, अवधी, तामाङ, नेवारी, राईलगायत भाषामा शिक्षा तथा जानकारीमूलक सामग्रीहरूको प्रचारप्रसार सुरु भइसकेको छ। निर्वाचनमा प्रत्यक्षतर्फ ११ प्रतिशत मात्रै महिला उम्मेदवार रहेको बताउँदै  मन्त्री श्रेष्ठले आगामी दिनमा यस्तो अवस्था सुधार गर्न सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको बताइन् । 

साथै सातै प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिँदै महिला सहभागिता, अपाङ्गतामैत्री तथा पहुँचयोग्य मतदानस्थल सुनिश्चित गर्न मन्त्रालयले सरोकारवालासँग समन्वय गरिरहेको बताइएको छ। 

निर्वाचनका क्रममा बालबालिकाको दुरुपयोग रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने र बालअधिकार संरक्षणका लागि सरकार, नागरिक समाज तथा अभिभावकले सहकार्य गर्नुपर्नेमा जोड दिनुको साथै मतदाता शिक्षा औपचारिकतामा सीमित नभइ समाजको तल्लो तहसम्म पुग्नुपर्ने आवश्यकता रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०८२ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App