सगरमाथा संवाद चैतमा
नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो।
नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो।
जलवायु परिर्वतनका कारण विश्वभर नै मानवीय स्वास्थ्यका क्षेत्रमा चुनौति थपिदै गएको छ। जलवायु परिर्वतनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नया रोगहरु देखा परेका हुन्।
जलवायु परिवर्तन समकालीन विश्वको सबैभन्दा ठूलो चुनौती हो। जलवायु परिवर्तनलाई न्यून गर्न र यसका असरसँग अनुकूलित हुन नीति तथा कार्यक्रमहरू जलवायु संवेदनशील हुन जरुरी छ। जलवायु परिवर्तन अन्तरसम्बन्धित विषय भएकाले सबै मन्त्रालयका कार्यक्रमहरू जलवायु दृष्टिकोणमा कति सान्दर्भिक भए/भएनन् भनी विश्लेषण गरिनु आवश्यक छ।
प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमण दलमा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन विसं २०६६ तिर डेनमार्कको कोपनहेगन सहरमा पुग्यौँ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्था (आईपीसीसी) को कार्यसमूह–२ का वैज्ञानिकहरुको पाँच दिने बैठक काठमाडौंमा सम्पन्न भएको छ।
जलवायु परिवर्तनको कारण मारमा परेका किसान र कृषि क्षेत्रलाई जलवायुमैत्री कृषि बनाउन नेपालले पनि जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रममा अग्रसरता देखाएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपाल जलवायु परिवर्तनको हटस्पट भएको बताएका छन्। शुक्रबार संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चमा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन्। संयुक्त राष्ट्रसंघको आयोजनामा दीगो विकास सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले नेपालले नगन्य रुपमा कार्बन उत्सर्जन गर्दा पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सहनु परेको बताए।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्युयोर्क र पर्यावरणीय क्षेत्रमा कार्यरत संस्था इसिमोडको संयुक्त आयोजनामा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्च २०१९ को साइडलाइन कार्यक्रमअन्तर्गत राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा कार्यक्रम आयोजना गरिएको हो।
खासमा यार्चा पहाडी र हिमाली क्षेत्रको आर्थिक अवस्था उकास्ने बलियो माध्यम हो। आर्थिक आर्जनसँग जोडिएको यार्चागुन्बु पछिल्लो समय हिमाली क्षेत्रको वातावरण विनाशको कारक पनि बन्दैछ। वैज्ञानिक ढंगले यार्चागुन्बु टिप्ने नीति अभावले डोल्पाका पाटनहरू मरुभूमिमा परिणत हुने खतरा बढ्दै गएको छ।
गर्मीले पठनपाठन प्रभावित भएको छ। श्रमिकलाई घरबाहिर काम गर्न गाह्रो भएको छ। बजारमा चहलपहल हुन छाडेको छ।
जुम्ला रारागाउँका नन्दबहादुर बुढाले गत बर्ष करेसाबारीमा सिमि बर्षमा दुई पटक फल्छ फल्दैन भन्ने बारेमा अनुसन्धान थाले। उनले चैत महिनामा सिमि लगाए। त्यो सिमि राम्रोसँग फलेर पाक्नेमा ठूलो आशंका थियो। तर असारको पहिलो सातामा सिमि फलेर पाक्यो। उनी दंग भए। उनले भने, ‘परिवर्तित जलवायुसंगै सिमि खेती पनि बर्षमा दुई पटक गर्न मिल्दो रहेछ।’ उनले यो खबर छिमेकी गाँउमा किसानसँग साटे।
उल्लिखित शीर्षक सम्भावित अवस्था अनुमान गरेर राखिएको हो। अहिले नै यस्तो अवस्था आइसकेको त छैन तर भविष्यमा यस्तो हँुदैन भन्न सकिएला र ! यो प्रश्न किन पनि सान्दर्भिक छ भने पहिले तराईमा मात्र हुने मलेरिया र कालाज्वरो अहिले क्रमशः पहाड र हिमाल चढ्दै छन्। यो पंक्तिकारले नेपालमै पहिलोपटक अनुसन्धान गर्दा कालाज्वरो पहाडतिर सर्दै गएको छ भनेर पत्ता लगाएको थियो जुन त्यसबेला अरूका लागि अपत्यारिलो विष्या थियो। तर अहिले यो रोग देखिने क्रम नियमितजस्तो भइसक्यो। त्यस्तै अवस्था मलेरियाको पनि छ। कुनै समय तराईमा मात्र देखिने कालाज्वरो, मलेरिया पहाड हुँदै हिमालतिर पुग्नाका कारण के हुनसक्छ ? सबैजसोको मत सायद जलवायु परिवर्तन भन्नेमा एक हुन सक्छ। त्यसो हो भने हाल तराईमा देखिने विषालु मानिने गोमन, करेतजस्ता सर्प काठमाडौँलगायत नेपालका विभिन्न पहाडी इलाकामा बसाइँ नसर्लान् त ?
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा पर्यावरण सुन्दर राख्नका लागि बुटवलमा ‘एक वन एक पोखरी’ अभियान सुरु गरिएको छ
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विज्ञहरूले जलवायु परिवर्तनसम्बन्धी समस्या समाधानका लागि छुट्टै कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन्।
फोहोरमैलाले गर्दा जलवायु परिवर्तनमा प्रभाव पारेकाले यसलाई न्यूनीकरण गर्नुपर्ने विज्ञहरूले औंल्याएका छन्। उपत्यकामा बढी मात्रामा फोहोरमैला अव्यवस्थित भएपछि जलवायु परिवर्तनमा प्रभाव भएकाले फोहोरलाई व्यवस्थापन गर्नुपर्ने उनीहरूले बताएका हुन्।