५ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्व ‘सही बाटोमा छैन’: राष्ट्रसंघ महासचिव

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्। दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्रसंघीय प्रमुखले न्युजिल्यान्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘पेरिस सहमतिले परिभाषित गरेका उद्देश्य प्राप्त गर्नका लागि चाल्नुपर्ने काम कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ।’

जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले बेहोरेको गुनासो

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बेइजिङको उत्तरपश्चिममा पर्ने यानछी ताल सभाकक्षमा आयोजित दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउन्ड टेबुल सम्मेलनलाई सम्बोधन गरेकी छन्। शनिबार बिहान नौ बजे सुरु भएको राउन्ड टेबुल सम्मेलनको सुरुमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए। त्यसपछि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखले सम्बोधनका क्रममा शनिबार अपराह्न राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

जुम्लाका जंगलमा काग र बाँदरबाहेक अरु पाउनै छाडे

जिल्लाको सापुल्ली गाउँका लालबहादुर सार्की दुई दशक अघिको अवस्था सम्झँदा झस्कन्छन्। समयमै हिँउ पथ्र्यो, किसानलाई चाहिँदो मात्रामा वर्षा हुन्थ्यो। वातावरण हरियाली हुन्थ्यो। मौसम एकैनासको हुन्थ्यो। तर अहिले जुम्ली जलवायुमा निकै परिवर्तन आइसकेको उनी बताउँछन्। उनले भने,“दुई दशक अघि चार फिट हिँउ जमेको आफ्नै आँखाले देखेको हुँ।

जलवायु परिवर्तन र जुनोटिक रोग

विश्वभर जलवायु परिवर्तन निरन्तर भइरहेको छ। औसत वायुमण्डलीय तापक्रम बढेको छ। पछिल्ला केही वर्षयता र यसको निरन्तरता रहिरहने पक्का छ। यदि औद्योगिक विकसित मुलुकहरूले हरितगृह ग्यास उत्सर्जन वातावरणीय वायुमण्डलमा घटाउने प्रयास गरेनन् भने दुःखलाग्दो अवस्था निम्तनेमा दुई मत छैन। कम तथा अति कम विकसित मुलुक जसले विश्वस्तरीय तापक्रम वृद्धि गराउनमा न्यून योगदान गरेका छन् ती मुलुक नै यसबाट उत्पन्न हुने दुष्प्रभावको जोखिममा बढी छन्।

न्युजिल्यान्डका जलवायु परिवर्तन मन्त्रीमाथि मुक्का प्रहार

संसद् भवनतर्फ गइरहेका न्युजिल्यान्डका जलवायु परिवर्तन मन्त्रीमाथि सडकमै दुर्व्यवहार भएको छ। ग्रिन पार्टीका सहनेतासमेत रहेका मन्त्री जेम्स सहको मुखमा वेलिङ्टनमा बिहीबार बिहानै मुक्का प्रहार भएको बताइएको छ। मुक्का लागेका मन्त्री सह सख्त घाइते भने नरहेको बिबिसीले उल्लेख गरेको छ।

‘हरित क्रान्ति अभियानले जलवायु अनुकूलनमा सार्थककता’

वातावरण प्रदुषणलाई शुद्धीकरण गर्ने उद्देश्य राखेर सुनसरीको चतराधाममा शनिबारदेखि श्रीराम तारकब्रह्म महायज्ञ तथा प्रदेश १ लाई हरित क्रान्ति अभियान बनाउने घोषणा गरिएको छ। फागुन ७ गतेसम्म चल्ने महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्।

कर्णालीमा जलवायु अनुसन्धानः सुख्खा बन्दै हिमक्षेत्र

कर्णालीमा जलवायु परिवर्तन, जलस्रोतमा परेको असरका बिषयमा अनुसन्धान  भएको छ। यहाँको कृषि बनस्पति, जलप्राप्ति र जीवनयापनमा प्रत्यक्ष असर पर्दै गईरहेको अनुसन्धानले देखाएकाे छ।

जलवायु सम्मेलनमा नउठेका सवाल

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडाको राष्ट्रिय जलवायु सम्मेलनको चर्चा चलिरहँदा मेलम्ची नगरपालिका वडा नं. ६ का नेत्रबहादुर थापाले हरेक वर्ष सिँचाइका लागि ५ देखि ७ मिटर कुलोको मुहान सार्नु परेको दुःखेसो पोखे। इन्द्रावती बगरमा क्रसर उद्योग सञ्चालकहरूले मनोमानी रूपमा खोस्रिएकाले आफूहरूले हैरानी बेहोरेको किसानहरूको गुनासो थियो।

जलवायु परिवर्तन सम्बन्धी ऐन बनाउन सर्वाेच्चकाे आदेश, नेवापसद्वारा स्वागत

जलवायु परिवर्तन सम्बन्धी ऐन बनाउन सर्वोच्च अदालतले सरकारका नाममा जारी गरेको आदेशको नेपाल वातावरण पत्रकार समूहले स्वागत गरेको छ।

गुफाडाँडा घोषणापत्र जारी गर्दै सकियाे जलवायु सम्मेलन

जलवायु परिवर्तनका समस्या र यसका असर न्यूनिकरणका १० बुँदे उपाय सुझाउँदै राष्ट्रिय जलवायु सम्मेलन मंगलबार सकिएको छ। ७७ जिल्लाका समन्वय प्रमुख वा प्रतिनिधिले हस्ताक्षर गरेको गुफाडाँडा घोषणापत्रमा जलवायुमैत्री विकासलाई जोड दिइएको छ। ‘वातावरणलाई विगारेर होइन, शृंगारेर गरिनुपर्छ भन्ने मुल मन्त्रलाई आत्मसात गरी जलवायुमैत्री विकासलाई प्रवर्द्धन गर्ने’, सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै घोषणापत्रमा सुझाव जोड दिएको छ।

हिमालयकाे काखमा जलवायु छलफल

साढे दुई हजार मिटर उचाइको लेकाली क्षेत्र। पश्चिम र दक्षिणतिर चुचुरो टलक्क टल्केको जुगल हिमशृंखला। हिउँ भरिँदै गरेका हिमशृंखलाका दोर्जे लाक्पा, थाङपालछ्यो, जुगल र लाङटाङ टाकुरा झन् खुल्दा छन्। त्यसैको काखमा छ रमणीय पर्यटकीयस्थल गुफाडाँडा।

हिमाल हेर्दै जलवायु छलफल

साढे दुई हजार मिटर उचाइको लेकाली क्षेत्र। पश्चिम र दक्षिणतिर टलक्क टल्केको जुगल हिमशृंखला। हिउँ भरिँदै गरेका हिमशृंखलाका दोर्जे लाक्पा, थाङपालछ्यो, जुगल र लाङटाङ टाकुरा झन् खुल्दा छन्। त्यसैको काखमा छ रमणीय पर्यटकीय स्थल गुफाडाँडा।

‘जलवायु परिवर्तनको ऐन बनाएर कार्यान्वयन गर’

सर्वोच्च अदालतले जलवायु परिवर्तनले नेपालमा असर पुगेको भन्दै तत्काल ऐनको बनाएर कार्यान्वयन गर्न सरकारका नाममा आदेश जारी गरेको छ। प्रधान न्यायाधीश ओमप्रकाश मिश्र र श तेजबहादुर केसीको संयुक्त इजलासले सरकारलाई तुरुन्तै ऐन बनाएर कार्यान्वयन गर्न परमादेश जारी गरेको हो।

राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र

७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहित सिन्धुपाल्चोकको पर्यटकीय स्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ।

राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र

सम्मेलनस्थल गुफाडाँडाबाट ३ सय ६० डिग्रीको कोणबाट जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोटसम्मका दृश्य र बातावरण नियाल्न सकिन्छ। सम्मेलनका सहभागिलाई मेलम्ची आयोजनाको १० किमि दुरीको सुन्दरीजल–सिन्धु सुरुङमार्गबाट मेलम्ची उतार्ने आयोजकको तयारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्