५ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

जलवायु परिवर्तन र जुनोटिक रोग

डा. केदारबहादुर कार्की
विश्वभर जलवायु परिवर्तन निरन्तर भइरहेको छ। औसत वायुमण्डलीय तापक्रम बढेको छ। पछिल्ला केही वर्षयता र यसको निरन्तरता रहिरहने पक्का छ। यदि औद्योगिक विकसित मुलुकहरूले हरितगृह ग्यास उत्सर्जन वातावरणीय वायुमण्डलमा घटाउने प्रयास गरेनन् भने दुःखलाग्दो अवस्था निम्तनेमा दुई मत छैन। कम तथा अति कम विकसित मुलुक जसले विश्वस्तरीय तापक्रम वृद्धि गराउनमा न्यून योगदान गरेका छन् ती मुलुक नै यसबाट उत्पन्न हुने दुष्प्रभावको जोखिममा बढी छन्।

जलवायुमा हुने मौसमी परिवर्तनका कारण विश्वव्यापीरूपमै नयाँखाले तथा पुनः देखिन थालेका पशुपन्छीजन्य रोगले गरिब देशका किसानलाई सताउँदैछ।यस्तो परिवर्तनले प्राकृतिक पर्यावरण प्रणालीलाई असर पारी संक्रामक रोगका कारक तŒवहरू, जस्तै– ब्याक्टेरिया, भाइरस, ढुशी परजीवी, शक्त परजीवीहरूका लागि उपयुक्त वातावरण सिर्जना गर्छ। साथैयिनीहरूलाई नयाँ क्षेत्रमा विस्तारित हुन पनि सघाउँछ। जहाँ यिनीहरूले वन्यजन्तु घरपालुवा पशुपन्छीलगायत मानव समुदायको स्वास्थ्यमा समेत कुप्रभाव पार्छ। यस्ता रोग जुन मेरुदण्डीय अस्थीपञ्जर भएका पशुपन्छी र जनसमुदायबीचमा एकाापसमा सर्ने, साटासाट हुने रोगलाई जुनोटिक रोग भनिन्छ।यो रोग विशेष लाक्षणिक स्थान तथा विशेष प्रजातिमा प्राकृतिकरूपमा देखिने प्रवृत्तिका हुन्छन्।

कुनैप्रकारले पर्यावरणीय परिवर्तन तथा जलवायुजन्य वा मौसमी घटनाहरूले यी रोगलाई महामारीका रूपमा अन्य आश्रयदाता तथा भौगोलिक क्षेत्रमा बिस्तारित हुन सघाउँछ।विभिन्नखाले जुनेसेस रोगहरू मानिसमा विभिन्न प्रकारले सर्ने गर्छन्। रोग प्रत्यक्ष संक्रामकजन्य पनि हुन सक्छ या कुनै संवाहकद्वारा ओसारपसार गरिएर पशुपन्छी तथा जनसमुदायमा सर्न सक्छन्।साथैपिउने पानी तथा खानेकुराको माध्ययमबाट पनि सर्न सक्छन्। प्रकटित रोगहरू भर्खरै पत्ता लागेका हुन सक्छन् या देखिने घटना बढेको वा व्यापकता भएको या भर्खरै नयाँ भौगोलिक क्षेत्रमा या जलवायु सीमामा बिस्तारित भएका वा पशुपन्छीबाट मानिसमा हाम फालेका हुन सक्छन्। उदाहरणका रूपमा लाइम बौटेलियोसीस क्याट स्क्राच फिभर र व्राटोनेलोसिस, फिफ्य डिजिज र पारभोभाइरस बि वाइनटिन एचआइभी सार्स सिभिएर एक्युट रेसपाइरेटोरी सिनड्रोम, मंकी पकस एभियन इन्फलुइन्जा तथा वेस्ट नाइल भाइरसलाई लिन सकिन्छ।

कुनै रोग पहिले पत्ता लागेका थिए, कुनै एक प्रजातिमा र प्रायःजसो फाटफुट तहमा तर केही कारणवस अप्रत्याशितरूपमा कुनै खास समयमा या कुनै खास भौगोलिक क्षेत्रमा फैलिएमा त्यस्ता रोगलाई पुनः प्रकटित रोग मानिन्छ।यी रोगका डरलाग्दो प्रभाव स्वास्थ्य तथा अर्थतन्त्रमा पर्दा यसले सम्पूर्ण पशुपन्छीजगत एव जनसमुदायलाई असर पुर्‍याउँछ तर यसको सबैभन्दा बढी बेफाइदा भने सबैभन्दा गरिब समुदायलाई हुन्छ।यी डरलाग्दा संक्रामक रोगहरू वन्यजन्तु पशुपन्छी र जनसमुदायमा देखिनुलाईविश्वव्यापी तापक्रममा भएको वृद्धिको दुष्परिणाममान्न सकिन्छ।जलवायु परिवर्तनले पशुपन्छीबाट मानिसमा रोग सर्ने प्रणालीमा असर पुर्‍याउँछ वा परिवर्तन गराउँछ।

त्यसैगरी जलवायु तथा रोगहरूको प्रत्यक्ष सम्बन्ध तुल्नात्मकरूपमा हुने गर्छ भन्ने कुरा अपेक्षाकृतरूपमा सजिलै पहिचान गर्न सकिन्छ। जनसमुदाय, पशुपन्छी तथा बोटबिरुवामा हुने गर्मीजन्य तनावको कारण पनि अत्यधिक वातावरणीय तापक्रममा हुने वृद्धिलाई मानिन्छ। जलवायु परिवर्तनशीलताको जटिल प्रत्यक्ष परिणामको भिन्नता देखाउनु बडो कठिन हुन्छ। यिनमा जीवाणु जो रोग लगाउने कारण बन्छ, जसले रोग प्रसारण गर्छ, जसलाई संवाहक भनिन्छ। जनावर जसले रोगका जीवाणुलाई भण्डारण गर्छन् तर रोगको लक्षण आफैँ भने देखाउँदैनन्, त्यस्ता जनावरको शरीरको कुन अंगको कुन तन्तुमा रोगका आश्रयस्थल हुन्छ र रोगले पीडितको कुन प्रणाली अंग र तन्तुमा असर पुर्‍याउँछ भन्ने कुरा समावेश भएका हुन्छन्। यो कुरा त प्रष्ट छ कि धेरै वन्यनन्तुजन्य तथा घरपालुवा पशुपन्छीजन्य रोगहरू मौसमअनुसार देखापर्छन्। जलवायु परिवर्तनमा हुने परिवर्तनशीलताले वन्यजन्तु तथा पशुपन्छीकोसंख्यात्मक घनत्वमा पनि असर पार्छ। यी गतिविधिले रोगप्रसारणका साथै पशुपन्छी र जनघनत्वभित्रै पनि अरुलाई पनि असर पुर्‍याउँछ। पशु स्वास्थ्य व्यवस्थापन विज्ञ, अस्ट्रिच नेपाल प्रा.लि., रूपन्देही

प्रकाशित: ११ चैत्र २०७५ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App