५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बर्षमा दुई पटक फल्यो सिमि

चैतमा रोपेको सिमि देखाउदै किसान नन्दबहादुर बुढा । डिबी/नागरिक

जुम्ला– जुम्ला रारागाउँका नन्दबहादुर बुढाले गत बर्ष करेसाबारीमा सिमि बर्षमा दुई पटक फल्छ फल्दैन भन्ने बारेमा अनुसन्धान थाले। उनले चैत महिनामा सिमि लगाए। त्यो सिमि राम्रोसँग फलेर पाक्नेमा ठुलो आशंका थियो। तर असारको पहिलो सातामा सिमि फलेर पाक्यो। उनी दंग भए। उनले भने, ‘परिवर्तित जलवायु संगै सिमि खेती पनि बर्षमा दुई पटक गर्न मिल्दो रहेछ।’ उनले यो खबर छिमेकी गाँउमा किसानसँग साटे। 

उतिबेला नन्दबहादुरको कुरा कसैले पत्याएनन्। हाँसोमै उडाए गाउँलेले। तर अहिले सबै किसान सिमि खेतीमा आकर्षित हुन थाले। तुही गाउँका मुनिश्चन्द्र बुढाले कर्णाली सडक नजिकैको जग्गामा सिमि रोपे। उनको बारीमा सिमि निकै राम्रो फलेको छ। सडक हुँदै आउजाउ गर्नेले बारीमा सिमि हेर्छन्। आगामी बर्षमा बर्षमा दुई पटक सिमि फलाउने प्रण गर्छन्। सिमि दुई पटक फल्दा किसानमा खुसी छाएको छ। 

उनले भने, ‘अब सिमि खेतीमा सबै लागेका छन्। स्थानीय जातको रातो सिमि बर्षमा दुई पटक पलेको अनुभव सुनाउँछन्। नन्दबहादुरका अनुसार यो क्षेत्र सिमिको पकड क्षेत्र नै हो। यो किसानको खुसीको बिषय होे। चैत पहिलो साता रोपेको सिमि असार दोस्रो साता सम्म भित्र्याउन सकिन्छ। असार रोपेको सिमि कार्तिक पहिलो साता घर भित्र्याइन्छ। अहिले जुम्लाको सिमिको माग बढ्दो छ। तर पुर्ति हुन सकेको छैन्। उनले भने, ‘बर्षमा दुई पटक फलाइयो भने सहजै रुपमा स्थानीय बजार धान्न सक्ने अवस्था रहेको छ।’

स्थानीय बजारमा सिमिको मूल्य प्रतिकेजी १२० रुपैयाँ छ। सुर्खेत नेपालगञ्जसम्म पुग्दा एक सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको ब्यापारी बताउँछन्। सिमि ९० दिनमै फल्न थालेपछि किसान चकित छन्। पछिल्लो समयमा जलवायुमा हलचलसँगै यहाँको खेती प्रणालीमा पनि परिवर्तन देखिन थालेको हो। रारा गाउँबाट मात्रै बार्षिक एक हजार टनसम्म सिमि उत्पादन हुने गरेको छ। यहाँको सिमि कर्णालीका दश जिल्लासंगै नेपालंगज, बुटवल, काठमाडौंको सहरसम्म पुग्ने गरेको छ। व्यापारीमा गाउँमै सिमि खरिद गर्न आउने भएकोले किसानलाई कठिन छैन। यहाँका मकै, कोदो, चिनोे भित्र सिमि लगाउने गर्छन्। सिमि छुट्टै छर्ने पनि गरिन्छ। कृषि ज्ञान केन्द्र जुम्लाले रारा गाउँ नजिकै सिमि ब्लक स्थापना गरेको छ। किसानले उत्पादन गरेको सिमि संकलन गरेर बजारीकरणका लागि टेवा पुगोस भन्नका लागि ब्लक स्थापना गरेको कृषि ज्ञानकेन्द्र जुम्ला बताउँछ। 

प्रकाशित: १८ असार २०७६ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App