२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलवायुले हिमालयमा पारेको प्रभावबारे छलफल

काठमाडौ - संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्युयोर्क र पर्यावरणीय क्षेत्रमा कार्यरत संस्था इसिमोडको संयुक्त आयोजनामा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्च २०१९ को साइडलाइन कार्यक्रमअन्तर्गत राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले सहभागीहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा हिन्दु कुश हिमालयका बारेमा इसिमोडले हालै सार्वजनिक गरेको रिपोर्टमा उल्लिखित मुख्य विषयका बारेमा छलफल गरिएको थियो। छलफलले सेप्टेम्बरमा हुन गइरहेको राष्ट्रसंघीय महासचिवस्तरीय क्लाइमेट एक्सन समिटमा योगदान पुग्ने राजदूत राईको भनाइ थियो।

कार्यक्रममा उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका राष्ट्रिय योजना आयोजका उपाध्यक्ष पुष्पराज कँडेलले स्वागत मन्तव्य राखेका थिए। उनले जलवायु परिवर्तनको प्रभाव नेपालजस्ता मुलुकले उच्च तहमा भोगिरहेको बताए। उनले नेपाल सरकारले जलवायु परिवर्तनको विषयमा विश्वस्तरीय छलफलका लागि सगरमाथा संवादको आयोजना गर्न लागेको बताएका थिए। कार्यक्रममा इसिमोडका महानिर्देशक डा. डेभिड मोल्डेनले हिन्दु कुश हिमालय रिपोर्टमा प्रस्तुत भएका मुख्य विषयहरुका बारेमा प्रस्तुति राखेका थिए।

प्रकाशित: २६ असार २०७६ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App