असामाजिक बन्दै गएका सामाजिक सञ्जाल
‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ। हामी धेरै स्थानीय थियौँ। म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ। जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए। मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ। बाहिर अरू पनि खसेका थिए।