१ मंसिर २०८१ शनिबार
image/svg+xml

फेसबुक एकाउन्ट ह्याक गरी ठगी धन्दा

नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर बुढाको फेसबुक एकाउन्ट ह्याक गरी म्यासेन्जरबाट उनका साथीहरुसंग पैसा मागिएपछि प्रहरीमा उजुरी परेको छ।

अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न काँग्रेसको माग

सभापति देउवाले प्रेस विज्ञप्तिमार्फत् जिल्ला जिल्लाका अस्पतालमा तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न समेत माग गरेको छ।

एम्बुलेन्स सञ्चालनको तयारीमा महासंघ बाँके शाखा

कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागिएको अध्यक्ष दामोदर भण्डारीले बताए।

करुणा नेपालद्वारा अक्सिजन कन्सन्ट्रेटर प्रदान

कोभिड–१९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि करुणा नेपालले विभिन्न अस्पताललाई सात लिटरको अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ। करुणा फाउन्डेसनले धुलीखेल अस्पताल, टिचिङ अस्पताल महाराजगन्जलाई ८–८ थान उपलब्ध गराएको जनाएको छ।

बर्दिबास हेल्प फाउण्डेसनद्वारा विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार सहयोग

बर्दिबास हेल्प फाउण्डेसनद्वारा महोत्तरीका पत्रकारका लागि विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार रुपैयाँ नेपाल पत्रकार महासंघलाई सहयोग गरेका छन्।

नेपाल सुपर लिग: धनगढी र काठमाडौंबीच उपाधि भिडन्त

बिहीबार भएको क्वालिफायरमा काठमाडौं रेजर्सले ललितपुर सिटीमाथि ३–० को सहज जितका साथ धनगढी एफसीसँगको उपाधि भिडन्त तय गरेको छ।

नेपाललाई ‘उधारो’ उपलब्धि

तत्काल राजीनामा गरेर नयाँ राजनीतिक मार्गचित्र बनाउने कोसिस गरिरहेका नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालभन्दा पनि उनीहरू पक्षका युवा नेताहरूले पद छाड्नै नसक्ने स्थिति भएपछि ओलीसँग सहमति गरेर जानुको विकल्प नरहँदा कार्यदल बनाएर उठेका विवाद समाधान गर्ने सहमति भएको हो।

पत्रकार ढकाललाई आर्थिक सहयोग

ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार रुपैंया, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार रुपैंया र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार रुपैंया गरी २० हजार नगद सहयोग गरेको जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए।

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता शुरू भएको जनाए।

कोभिड-१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन आग्रह

युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन्।

ओलीलाई नेपाल समूहको साढे ४ बजेसम्मको अर्को अल्टिमेटम

नेकपा एमालेकाे नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ।

कोरोना महामारीपछि बढेकाे रेमिटेन्स: नौ महिनामा सात खर्ब २९ अर्ब

कोरोना महामारीपछि वृद्धि भइरहेको रेमिटेन्स पछिल्लो समयमा पनि बढ्ने क्रम जारी रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा रेमिटेन्स साढे १६ प्रतिशतले बढेको छ।

ओलीको मौनताले नेपाल समूहमा अन्योल

नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ ।

भदौसम्म मृतकको संख्या ४२ हजार पुग्ने प्रक्षेपण

कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजारजनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।

भारतले दिँदैन, स्वास्थ्य सामग्रीका लागि चीनलाई गुहारौं :सांसद सुवाल

कोरोना संक्रमण नियन्त्रणका लागि सांसद सुवालले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गर्दैै छिमेकी देश भारत आफै संकटमा रहेको बेला भारतले स्वास्थ्य सामग्री दिन नसक्ने भएकाले चीनको सहयोग खोज्नु उपयुक्त हुने जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्