९ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडाैँ महानगरमा  एमाले पछ्याउँदै काँग्रेस, तेश्राेमा विवेकशील

काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।  सबैलाई पछि पार्दै उनले १७,७३२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै काँग्रेसका राजुराज जोशीले ११,८९८ मत प्राप्त गरेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिकामा काँग्रेस विजयी

धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भीमप्रसाद ढुङ्गाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी (शैलेस) विजयी भएका छन्।

विवेकशीलकी रञ्जु ६ हजार मतका साथ काँग्रेस पछ्‌याउँदै

काठमाडौं महानगरपालिकाको मतगणनामा विवेकशील नेपालीकी रञ्जु न्यौपानेले झन्डै ६ हजार मत पाएकी छिन्। शनिबार बिहानसम्मको मतपरिणाममा ५ हजार ५४७ मत पाउँदै उनले काँग्रेस उम्मेदवार राजुराज शाक्यलाई पछ्‌याइरहेकी छिन्। साझा पार्टीका किशोर थापा ५ हजार ९४१ मतका चाैथाे स्थानमा छन्।

वीरेन्द्रनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

सुर्खेतका ९ तहमध्ये ८ वटाको मत परिणाम घोषणा भएको छ। सदरमुकाम वीरेन्द्रनगरको मतगणना जारी छ। गणना सम्पन्न भएकामध्ये तीन नगरसहित दुई गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ ।

एमाले- कांग्रेस नजिक नजिक, माओवादी अर्धसतक पछ्याउँदै (सूची सहित)

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा अनुसार नेकपा एमालेले सकत पार गरेको छ। एमालेले अहिले सम्म १ सय १ तहका प्रमुख स्थामा आफुलाई सुरक्षित गर्दै अग्रता कामय गरेको छ।

मकवानपुरको राक्सिराङमा काँग्रेस, मनहरीमा एमाले

मकवानपुरको चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार मल्ल निर्बाचित भएका छन्। उनले प्रतिद्धन्द्धी नेकपा एमालेका लालबहादुर थापा मगरलाई पाँच सय ९५ मतअन्तरले जित हासिल गरे।

काठमाडौंको नागार्जुन नगरपालिकामा काँग्रेस विजयी

काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। काँग्रेसका मोहन बस्नेत ६९६१ मतसहित विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६७२६ मत प्राप्त गरे।

निर्वाचनको परिणाम दुखद भन्दै काँग्रेस सभापतिको राजीनामा

निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै कांग्रेसका पोखरा–लेखनाथ महानगर सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा दिएका छन् । निर्वाचनमा कांग्रेस कास्कीको परिणाम दुखद् रहेको भन्दै त्यसमा आफ्नो पनि जिम्मेवारी रहेको भन्दै नगर सभापतिबाट राजीनामा दिएको उनले बताए ।

काठमाडौं महानगरमा एमालेकै अग्रता , काँग्रेस पछ्याउँदै

काठमाडौँ महानगरपालिकोको पछिल्लो मत गणना अनुसार एमालेको अग्रता कामयै रहेको छ । एमालेका विद्यासुन्दर शाक्य ११०८२ मतसहित अग्रस्थानमा छन् भने उनलाई पछ्याउँदै काँग्रेसका राजुराज जोशीले ७४९८ मत प्राप्त गरेका छन् ।

गोकर्णेश्वरमा काँग्रेसका सन्तोष चालिसे विजयी

काठमाडाँैको गोकर्णेश्वर नगरपालिकामा काँग्रेसका सन्तोष  चालिसेले  ९००९ मतसहित विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुण्यप्रसाद चौलागाईंले७५९५ मत प्राप्त गरे ।

काठमाडौंका तीन–तीन नगरमा काँग्रेस र एमालेको अग्रता

काठमाडौंका मतगणना गर्न बाँकी नगरपालिकामध्ये ६ नगरको मतगणना भइरहेको छ । हालसम्म गरिएको मतगणना अनुसार काँग्रेस र एमाले  तीन – तीन नगरपालिकामा अगाडि छन् ।

परिणाम सोचेजस्तो आएन : कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणाम सोचेजस्तो नआएको निष्कर्ष निकालेको छ ।

नुवाकोटको विदुरमा एमाले, ककनीमा माओवादी र शिवपुरीमा काँग्रेस

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको  छ । जिल्लाकै ठूलो स्थानीय तह विदुर नगरपालिकामा नेकपा एमालेले सफलता हात पारेको छ । विदुर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी  भएको छ । १३ वटा वडाबाट प्राप्त नतिजा अनुसार  मेयर पदका एमालेका सञ्जु पण्डितले ९ हजार ७ सय १६ मत ल्याएर विजयी भए भने उनकोे निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धुव्र अधिकारीले ८ हजार ७ सय ४२ मत प्राप्त गरे ।

ललितपुरको दुर्गममा माओवादी, सुगममा कांग्रेस–एमाले

ललितपुरका दुई नगरपालिकामध्ये एउटा नेपाली कांग्रेसले जितेको छ। गोदावरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए।

सिन्धुपाल्चोकको सुनकोशीमा कांग्रेसका जिसी विजयी

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार श्रवण कुमार जिसी विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्