९ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौंका अाठ नगरपालिकामध्ये काँग्रेस-एमाले ४-४ मा अगाडि

काठमाडौंको गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरी र कागेश्वरी मनोहर नगरपालिकामा नेपाली काँग्रेस र बुढानीलकण्ठ, टोखा, किर्तिपुर र तार्केश्वरमा एमालेले अग्रता लिएको छ ।

भरतपुर मेयरमा एमाले, उपमेयरमा काँग्रेसको अग्रता

भरतपुर महानगरपालिकामा ९ घन्टापछि सार्वजनिक परिणाममा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली १७६९ मतको अग्रता लिएका छन्। ९२१२ मत पाएर उनी पहिलो स्थानमा छन्।

थाहा नगरपालिकामा काँग्रेस–माओवादी गठबन्धन विजयी

मकवानपुरको थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्बाचित भएका छन्।

गोरखाको आरुघाटमा कांग्रेस, सुलिकोटमा माओवादी बिजयी

गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसका पूर्ण दाहाल ३४७६ मतका साथ बिजयी भएका छन् ।

दैलेखका ७ तहमा एमाले, ४ मा काँग्रेस

११ स्थानीय तह भएको दैलेखमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा ३ नगरपालिका सहित ७ स्थानीयत तह एमालले विजयी हाँसिल गरेको छ भने काँग्रेसले १ नगरपालिका सहित ४ स्थानीय तहमा विजय हासिल गरेको छ।

काठमाडौंमा काँग्रेसलार्इ पछ्याउँदै रञ्जु

काँग्रेसका राजुराज जोशीलार्इ पछ्याउँदै विवेकशील नेपालीकी रञ्जु न्यौपाने अघि बढीरहेकी छिन्। काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाममा अनुसार एमालेका मेयर पदका प्रत्यासी विद्यासुन्दर शाक्य अग्र स्थानमा छन्। उनले ६५८६ मतसहित अग्रता लिइरहेका छन्।

मत परिणाममा काँग्रेस-एमाले हाराहारी (जिल्लाअनुसार परिणाम)

स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले आफ्नो अग्रता कायम गरेको छ। एमालेले ७९ तहमा विजय हाँसिल गरेको छ।

चार महानगरपालिकामा २ मा एमाले २ मा काँग्रेस अगाडि

काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाममा अनुसार एमालेका मेयर पदका प्रत्यासी विद्यासुन्दर शाक्य अग्र स्थानमा छन्। राष्ट्रिय सभागृहमा भइरहेको मत गणनामा एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्य ५८५० मतसहित अग्रता लिएका छन्।

गोदावरी नगरपालिकामा काँग्रेसका महर्जन विजयी

गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन्।

नुवाकोटमा ५ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस अग्रता

१२ वटा स्थानीय तह रहेको नुवाकोटमा ५ वटा को अन्तिम नतिजा सार्वजनिक भएको छ।

काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने

नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।

काठमाडौंका ८ नगरपालिकामध्ये ५ मा एमाले ३ मा काँग्रेसको अग्रता

काठमाडौंको मतपरिणाम आउन बाँकी ८ नगरपालिकामध्ये पाँचमा एमालेले अग्रता लिइरहेको छ। तीन वटामा काँग्रेसको अग्रता छ। एमालेले टोखा, तार्केश्वर, कीर्तिपुर, बुढानिलकण्ठ र गोकर्णेश्वरमा अग्रता लिइरहेको छ। यसैगरी काँग्रेसले नागार्जुन, चन्द्रागिरी र कागेश्वरीमा अग्रता लिइरहेको छ।

धादिङको गंगाजमुनामा एमाले, ज्वालामुखीमा काँग्रेस

धादिङको गंगाजमुना गाउँपालिका प्रमुख एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका बलबहादुर अधिकारी र उपाध्यक्षमा एन्जिला तामाङ विजयी भएका हुन्। बलबहाददुरले ३ हजार ३ सय ५६ मत ल्याए नेपाली काँग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत पाए।

चन्द्रागिरी नगरपालिमा काँग्रेसको २ हजार मतको अग्रता

चन्द्रागिरी नगरपालिकामा नेपाली काँग्रेसले दुई हजारभन्दा बढी मतको अग्रता लिएको छ। काँग्रेसका मेयर प्रत्यासी घनश्याम गिरीले ६०८५ मतसहित अग्र स्थानमा छन्। एमालेका प्रल्हाद कार्की ३८७७ मतसहित काँग्रेसका गिरीलाई पछ्याइरहेका छन्। नेकपा माओवादी केन्द्रका श्रीकृण्ण श्रेष्ठले १८७३ मत प्राप्त गरेका छन्।

काभ्रेका तीन गाउँपालिकामा काँग्रेस, एमाले—एमाओवादी एक–एक

स्थानीय तह निर्वाचनको ७ गाउँपालिकाहरुमध्ये हालसम्म ५ वटा गाउँपालिकाको नतिजा आइसकेको छ। जसमा बेथानचोक, तेमाल र रोशी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्