९ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौंको दक्षिणकाली नगरपालिकामा काँग्रेस विजयी

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनी ४६९८ मतसहित विजयी घोषित भएका हुन् । एमालेका मेयर उम्मेदवार शशी शर्मा अर्यालको ४२६८ र माओवादी केन्द्रका उर्गेन लामाले २४८१ मत प्राप्त गरेका थिए।

एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, माओवादी पछि पछि

आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत वुधबार साँझसम्म १ सय ३० तहको परिणाम सार्वजनिक भएको छ।

नवलपरासीमा चार गाउँपालिका र एक नगरपालिकामा कांग्रेस विजयी

स्थानीय तह को निर्वाचनमा नवलपरासीको ४ गाउँपालिका र एक नगरपालिकाको नतिजा घोषण भएको छ। सवै तहमा नेपाली काँग्रेसले बिजय हासिल गरेको छ।

काँग्रेस र एमाले उम्मेदवारले वडा जोगाउन सकेनन्

ललितपुर महानगरपालिकाको मत गणना निकै रोचक र सनसनीपूर्ण बन्दै गएको छ । महानगरका २९ वडामध्ये नौ वडासम्मको नतिजामा आईपुग्दा दोस्रो पटक झिनो मतानन्तरले एमाले अघि लागेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा काँग्रेस विजयी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार निमा ग्ल्याजेन शेर्पा विजयी भएका छन्। उनले ४९४५ मत प्राप्त गरेका छन् । एमाले जिल्ला पूर्व अध्यक्ष रहेका हस्त पण्डितलाई हराउदै उनी विजयी भएका हुन्। एमालेका हस्त पण्डितले ३२१३ मत प्राप्त गरेका छन् ।

स्याङजाको चापाकोट नगरपालिका मेयरमा कांग्रेसका गिरी विजयी

स्याङजाको चापाकोट नगरपालिकाको मेयरमा शिवकुमार गिरी विजयी भएका छन्। उनले ५ हजार ९ सय ८९ मत ल्याएर नगरपालीकाको प्रमुखमा विजयी भएका हुन्।

सल्यानको बागचौरमा माओवादी,छत्रेश्वरीमा कांग्रेस र कपुरकोटमा एमाले बिजयी

सल्यानका तीन नगरपालिका मध्ये एउटा नगरपालिकामा माओवादी केन्द्र बिजयी भएको छ। बागचौर नगरपालिकामा माओवादी केन्द्रका लोकमान बुढाथोकी मेयर र कल्पना पुन उपमेयरमा बिजयी भएका छन्।

कांग्रेसलाई पछ्याउँदै रञ्जु

राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य १७०३ मत सहित अगाडि छन्।

लमजुङको दूधपोखरीमा कांग्रेस विजयी

लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी छुपीमाया गुरुङ निर्वाचित भएकी छन्।

गोरखाको सिरानचोक गाउँपालिकामा कांग्रेस बिजयी

गोरखाको सिरानचोक गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजु गुरुङ बिजयी भएका छन्।

सुर्खेतको बराहतालमा कांग्रेस विजयी

स्थानीय तह निर्वाचन अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसको विजय जुलुशमा सहभागी एक युवकको मृत्यु

सल्यानमा बुधवार कांग्रेसको बिजय जुलुसमा सहभागी एक युवाको मृत्यु भएको छ। सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसको बिजय जुलुसमा सहभागी २२ बर्षिय खिमवहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, डिएसपी श्यामवहादुर खत्रीले जानकारी दिए।

काठमाडौंमा एमाले र कांग्रेसको पाँच/पाँच नगरपालिकामा अग्रता

स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौं जिल्लामा नेपाली काँग्रेसले ५ र नेकपा एमाले पनि ५ वटा नगरपालिकामा अग्रता लिएको छ।

मत परिणाममा एमाले पहिलो, काँग्रेसलाई पछ्‌याउँदै माओवादी

आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत वुधबार दिउँसो सम्म ९७ तहको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचमै कडा प्रतिष्पर्धा छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने कांग्रेस र एमाले भन्दा पछि छ।

गोरखाको गण्डकीमा कांग्रेस विजयी

गोरखाको गण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार होमबहादुर राना विजयी भएका छन् । प्रतिद्वन्द्धी माओवादी केन्द्रका दिपक तिमल्सिनालाई पछि पार्दै उनले ४१३८ मत ल्याएर बिजयी बनेका हुन् । तिमल्सिनाको ३८६३ मत आएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्