९ आश्विन २०८१ बुधबार
image/svg+xml

नुवाकोटको तादी र किस्पाङमा काँग्रेसकाे जित

१२ स्थानीय तह रहेको नुवाकोटमा दुई स्थानीय तहको मत गणना गरेर सकिएको छ । तादी र किस्पाङ दुवै गाउँपालिकामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ।

कागेश्वरी मनहरामा काँग्रेसको अग्रता

काठमाडौको कागेश्वरी मनहरा नगरपालिमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका उपेन्द्र कार्की १४७१ मतसहित अग्र स्थानमा रहेका छन्। उनमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुण्णहरी थापाले १२१७ मतसहित कांग्रेसका कार्कीलाई पछ्याइरहेका छन्। नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले ७१२ मत प्राप्त गरेका छन्।

नौकुण्डमा काँग्रेस विजयी

नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी भएका छन्।

चिङगाड गाउँपालिकामा नेपाली काँग्रेस विजयी

सुर्खेतको चिङगाड गाउँपालिकामा नेपाली काँग्रेसका देवबहादुर चन्द दुईहजार९४९ मतसहित अध्यक्षमा विजयी भएका छन् । उनकानिकटम प्रतिद्वन्द्वी एमालेका बखतबहादुर खत्रीले दुई हजार३८५ मत प्राप्त गरेका छन् ।

बाग्लुङको गल्कोट नगरपालिकामा काँग्रेस विजयी

जिल्लाको गल्कोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । बुधबार सम्पन्न मतगणनाबाट नेपाली काँग्रेसका भरत शर्मा गैरेले ५८१४ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।

धादिङमा एमाले–कांग्रेस सँगसँगै, रुवीभ्यालीमा राप्रपा

स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै प्रतिष्पर्धामा देखिएका छन् । जिल्लामा १३ स्थानीय तह छन् ।

काभ्रेको बेथानचोकमा काँग्रेस, खानीखोलामा एमाले विजयी

स्थानीय तह निर्वाचनमा काभ्रेका २ गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ। खानीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका कृष्णबहादुर खुलाल र सोही पार्टीका रुक्मिणी गुरुङ उपाध्यक्षमा विजयी भएका छन्।

बाग्लुङको निशीखोलामा काँग्रेस र ताराखोलामा माओवादी  विजयी

जिल्लाको निशीखोला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका तारानाथ पौडेल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

जाजरकोटको बारेकोटमा ९ मतले काँग्रेस विजयी

आइतबार भएको स्थानीय तहको निर्वाचनको पछिल्ले मत परिणाम अनुसार जिल्लाको बारेकोट गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका  महेन्द्रवहादुर शाह ९ मत अन्तरले विजयी भएका छन् ।

ललितपुर महानगरमा काँग्रेसको अग्रता, साझा पार्टी तेस्रो

ललितपुर महानगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जन ६०८४ मतका साथ अग्रस्थानमा छन्। एमालेका हरिकृष्ण ब्यञ्जनकार ५७७४ मतका साथ दोस्रो स्थानमा छन्।

सिन्धुलीको गोलन्जोरमा काँग्रेस निर्वाचित

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ।

सल्यानको त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी, शारदाको मतगणना स्थगित

त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ।

पर्वतको पैंयूँमा काँग्रेस विजयी

पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। मंगलबार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारी नौ सय ७७ मत अन्तरले बिजयी भएका हुन।

धादिङको सात स्थानीय तहमा एमाले अगाडि, कांग्रेस माओवादी संगसंगै

निलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गाना र उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले अग्रता हासिल गरेका छन्।

काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसका जोशीले अग्रता लिए

राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणना अनुसार काठमाडौंको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी ५८१ मतसहित अग्र स्थानमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्