९ आश्विन २०८१ बुधबार
image/svg+xml

दुई महानगरमा कांग्रेस उपमेयर अगाडि, उम्मेदवारनै नभएको ललितपुरमा एमालेलाई मत

स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।

काँग्रेस गढमा एमाले उम्मेदवार विजयी

नेपाली काँग्रेसको गढ मानिएको कुश्मा नगरपालिका १ पाङको वडा अध्यक्षमा एमालेका देबेन्द्र सुवेदी बिजयी भएका छन्। उनले ४६ मतान्तरले काँग्रेसका उम्मेदवारलाई हराएका हुन्। वडा अध्यक्षमा एमालेले एक हजार १९ र काँग्रेसले नौ सय ७२ मत प्राप्त गर्‍यो।

रेणु दाहाल भरतपुरमा अझ पछि परिन्, उपमेयरमा काँग्रेस अगाडि

भरतपुर महानगरपालिकामा मतगणनाको मंगलबार साँझसम्मको परिणाममा एमालेले अग्रता कायमै गरेको छ। एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले १२६३ मतका साथ अग्रता लिइरहेका छन्। काँग्रेस समर्थित माओवादीकी रेणु दाहाल ९५१ मतका साथ उनलाई पछ्‌याइरहेकी छिन्।

काठमाडौंमा काँग्रेसका जोशीको २०४ मतको अग्रता

काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ गणना भइरहँदा नेपाली काँग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार काँग्रेसका जोशीले ३४४ मतका साथ अग्रता लिएका हुन्। दोस्रो स्थानमा एमालेका विद्यासुन्दर शाक्य छन्। यसअघि अग्रता लिएका उनी ३४० मत पाएर पछ्‌याइरहेका छन्।

भक्तपुरका तीन नगरपालिकामा नेमकिपा, कांग्रेस र एमालेको अग्रता

भक्तपुरका तीन वटा नगरपालिकामा तीन वटा राजनीतिक पार्टीहरुले निरन्तर अग्रता कायम गरिराखेका छन्।

काँग्रेस र एमाले उम्मेदवारले बराबर मत ल्याएपछि…

भनिन्छ नि चुनाबमा एक भोटको पनि ठूलो महत्व हुन्छ। सल्यानको ढोरचौर गाउँपालिकाको वडा अध्यक्ष उम्मेदवारमा काँग्रेस र एमालेका उम्मेदवारले यो भनाइ व्यवहारमै अनुभव गर्न पाए।

काठमाडौंका १० मध्ये ६ नगरपालिकामा काँग्रेसको अग्रता

स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौं जिल्लामा ६ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

मत परिणाममा काँग्रेस, एमाले र माओवादीबीच रोमाञ्चक प्रतिस्पर्धा

स्थानीय तह निर्वाचनको पहिलो चरणअन्तर्गत भएको स्थानीय निर्वाचनको मतपरिणाम अाउने क्रम जारी छ। मंगलबार अपरान्ह ४:३० बजेसम्मको परिणामले एमाले, काँग्रेस र माओवादीबीच रोमाञ्चक प्रतिस्पर्धाको स्थिति देखिएको छ। मुख्य तीनवटै दलहरु झन्डै झन्डै बराबरी संख्यामा स्थानीय तहमा विजयी भएका छन्। एमालेले ११ स्थानमा विजयी हाँसिल गरेको छ भने काँग्रेस १० स्थानमा विजयी भएको छ।

काँग्रेसकी उपप्रमुख उम्मेदवार एक भोटले विजयी

निर्वाचनमा प्रत्येक भोटको महत्व उत्तिकै हुन्छ। एक भोट पाउनु र नपाउनुको अर्थ उम्मेदवारका लागि ठूलो हुनेगर्छ। तनहूँको देवघाट गाउँपालिकाको उपाध्यक्षमा एक भोट अन्तरले काँग्रेस उम्मेदवार विमला थापा विजयी भएकी छिन्।

चन्द्रागिरिमा काँग्रेसको अग्रता

चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले तीन हजार ५५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।

मेलम्ची ३ र ४ मा काँग्रेस, २ र ५ मा एमाले विजयी

पछिल्लो मत परिणामअनुसार मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा एमाले विजयी भएको छ ।

काठमाडौं महानगरमा काँग्रेसका जोशी दोस्रो

काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडाको गणना सुरु भएसँगै नेपाली काँग्रेसका मेयर उम्मेदवार राजुराज जोशी दोस्रो स्थितिमा आइपुगेका छन्। पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्य ३२५ मतसहित अग्र स्थानमा छन्। काँग्रेसका जोशी ३१४ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्।

गोरखा नगरमा कांग्रेस अग्रता, नयाँ शक्ति चौँथो स्थानमा

गोरखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजनराज पन्तले अग्रता लिएका छन् ।

नुवाकोटमा १८ वडाको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता

२ नगरपालिका र १० गाउँपालिकामा रहेको नुवाकोटमा मतगणना जारी छ । ८८ वडा मध्ये १८ वडाको नतिजाले अन्तिम रुप लिएको छ ।

कोन्ज्योसोम  ३ मा कांग्रेस विजयी

कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका तिलकबहादुर योन्जन सहितको प्यानल विजयी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्