काठमाडौं—काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडाको गणना सुरु भएसँगै नेपाली काँग्रेसका मेयर उम्मेदवार राजुराज जोशी दोस्रो स्थितिमा आइपुगेका छन्। पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्य ३२५ मतसहित अग्र स्थानमा छन्। काँग्रेसका जोशी ३१४ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
सुरुवाती निर्वाचन परिणाममा साझा पार्टीका किशोर थापा र विवेकशीलकी रञ्जु दर्शनाले उल्लेख्य मत पाएका थिए। त्यतिबेला काँग्रेस उम्मेदवार जोशी चौथो नम्बरमा थिए।
साझा पार्टीका किशोर थापाले २०४ मत पाएका छन् भने विवेकशील नेपालीकी रञ्नु न्यौपानेले १६८ मत पाएकी छिन्। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ३० मत ल्याएका छन्।
काठमाडौं महानगरको मतगणना सोमबार वडा नम्बर १ देखि सुरु भएको थियो। गणनामा ढिलासुस्ती भएको गुनासो बढेसँगै मंगलबार बिहान ३२ वडाको पनि मत गणना थालिएको हो।
सुरुवाती निर्वाचन परिणाममा साझा पार्टीका किशोर थापा र विवेकशीलकी रञ्जु दर्शनाले उल्लेख्य मत पाएका थिए। त्यतिबेला काँग्रेस उम्मेदवार जोशी चौथो नम्बरमा थिए। काठमाडौंको मेयरमा नयाँ उम्मेदवार उनीहरु निर्वाच अभियानदेखि नै चर्चित छन्। २०३१ सालको एसएलसी परीक्षाका बोर्ड टपर एवं पूर्वसचिव थापालाई उम्मेदवार बनाएको साझा पार्टीले क्षमता, अनुभव र इमान्दारीका लागि भोट मागेको थियो। युवा नेतृत्वका लागि विवेकशीलले राजधानीबासीसँग भोट मागेको थियो।
प्रकाशित: २ जेष्ठ २०७४ ०८:३९ मंगलबार