९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

नेप्से ४९.१८ अंकले बढ्यो ,कारोबार भने घट्यो

बुधबार नेप्से परिसूचक ४९.१८ अंक बढेर २५१९.५७ विन्दुमा पुगेको छ।  पछिल्ला दुई कारोबार दिनमा निरन्तर घटेर बन्द भएको नेप्से, बुधबार भने बढेर बन्द भएको हाे । १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।  

 सेन्सेटिभ इण्डेक्स ७.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंक बढेको छ।

नेप्से बढेपनि बुधबार कारोबार भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ६९ हजार ४१८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ६.३६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको साढे १३ करोडको शेयर कारोबार भएको छ भने सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्टको १३ करोड बरारको शेयर किनबेच भएको छ।

प्रकाशित: ९ आश्विन २०८१ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App