९ आश्विन २०८१ बुधबार
image/svg+xml

मत परिणाममा काँग्रेसको अग्रता (सूचिसहित)

काठमाडौं- पहिलो चरणमा आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाममा काँग्रेस सबैभन्दा बढी स्थानमा विजयी भएको छ। घोषणा भएका स्थानीय तह मध्ये काँग्रेसले ६ स्थानमा विजयी हाँसिल गर्दै आफूलाई अग्रस्थानमा राखेको हो।

गोरखाको पछिल्लो परिणाममा काँग्रेस पहिलो, नयाँ शक्ति चौथो

मगलवार बिहा सम्म गोरखामा नेपाली कांग्रेसको अग्रता देखिएको छ। बिहानसम्म गणना भएको मध्ये गोरखा नगरपालिका १, २, आरुघाट गाउँपालिका १,२ सिराञ्चोक १,२ चुमनुब्री ६, गण्डकी २ वडामा कांग्रेस बिजयी भएको छ।

धादिङमा एमाले १०, माओवादी ६ कांग्रेस ५ वडामा विजयी

धादिङको विभिन्न स्थानीयतहका २० वडाको मतगणना सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजाअनुसार धादिङमा एमालेले १० वडामा विजयी भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र ५÷५ वडामा विजयी भएको छ। मंगलबार बिहानसम्मको मत परिणाममा एमाले अग्रस्थानमा छ।

म्याग्दीको मालिका गाउँपालिकामा– १ मा काँग्रेस विजयी

मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी केन्द्र)का गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन्।

एमाले ५, कांग्रेस र माओवादी ४/४ स्थानमा विजयी

पहिलो चरणमा आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामले प्रमुख चार महानगरपालिकासहित सबैभन्दा बढी गाउँपालिकामा एमाले अघिअघि, त्यसपछि क्रमशः काँग्रेस र माओवादी पछिपछि देखिएका छन्।

काँग्रेसलाई पछि पार्दै अग्रतामा माओवादी दोस्रो

स्थानीय तहको पछिल्लो मत परिणाममा एमाले सबैभन्दा बढी ५ स्थानीय तहमा विजयी भएको छ। मतगणना भइरहेका मध्ये एमालेले सबैभन्दा बढी ३३ स्थानमा अग्रता लिइरहेको छ। १९ नगरपालिका र १४ गाउँपालिका गरी एमालेले उक्त संख्यामा अग्रता लिइरहेको हो।

धादिङमा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेस २ वडामा विजयी

धादिङको विभिन्न स्थानीयतहका ८ वटा वडाको मतगणना सकिएको छ। यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले २ वडा वडामा विजयी हासिल गरेको छ।

गोरखामा कांग्रेस दुई, नयाँ शक्ति र माओवादी एक/एक वडामा बिजयी

गोरखामा नगरपालिका १ मा नेपाली कांग्रेसका हिक्मत कुँवर प्यानल सहित बिजयी बनेका छन्।

लोमान्थाङमा कांग्रेस विजयी

हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कांग्रेसका सुवर्ण विष्ट ६ सय ३ मत ल्याएर बिजयी भएका छन्।

काठमाडौंका दशमध्ये ६ नपामा एमाले , ४ मा काँग्रेसको अग्रता

स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौंका एक महानगर र १० वटा नगरपालिकामा मतगणना भइरहेको छ। १० नगरपालिकामध्ये ६ नेकपा एमालेले अग्रता लिएको छ। भने ४ नगरपालिकामा नेपाली कांग्रेस अगाडी छ। कीर्तिपुर, दक्षिणकाली, वुढानिलकण्ठ, कागेश्वरी मनहरा, नागार्जुन र शंखरापुरमा एमालेले अग्रता छ। गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा काँग्रेसको अग्रता रहेको छ।

मुगुको नगरपालिकामा कांग्रेस, गाउँपालिकामा एमाले अग्रता

स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार नगरपालिका क्षेत्रमा नेपाली काँग्रेसले अग्रता लिएको छ भने प्राप्त एक गाउँपालिकाको परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।

पैंयूमा काँग्रेसको अग्रता

पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा २ सय मत गणना गर्दा काँग्रेसले १ सय १४ मत प्राप्त गरेको छ  भने एमालेले ६७ र माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्