९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मत परिणाममा काँग्रेसको अग्रता (सूचिसहित)

काठमाडौं—काठमाडौं- पहिलो चरणमा आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाममा काँग्रेस सबैभन्दा बढी स्थानमा विजयी भएको छ। घोषणा भएका स्थानीय तह मध्ये काँग्रेसले ६ स्थानमा विजयी हाँसिल गर्दै आफूलाई अग्रस्थानमा राखेको हो।

मंगलबार बिहानसम्मको परिणाममा एमालेका उमेदवारले पाँच गाउँपालिकामा विजयी भएका छन्। माओवादी केन्द्रका उमेदवार पाँच स्थानमा विजयी भएका छन्। विभिन्न तहका सदस्य र वडा अध्यक्ष एवं सदस्यमा एमालेकै हाराहारीमा काँग्रेसका उमेदवार बिजयी भएका छन्। माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उमेदवारले समेत वडा तहका नेतृत्व जितेका छन्।

नेपाली कांग्रेस विजयी भएका गाउँपालिका

नासोङ गाउँपालिका , मनाङ चन्द्र घले

लोमान्थाङ गाउँपालिका, मुस्ताङ सुवर्ण विष्ठ

नार्फु गाउँपालिका मनाङ मिङमाछिरिङ लामा

मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ, धारा गुरुङ

बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका मुस्ताङ, फेन्सोक छोप्तेन गुरुङ

थसाङ गाउँपालिका मुस्ताङ, बुद्धिप्रसाद शेरचन

कुशे गाउँपालिका, जाजरकोट, हरिचन्द्र बस्नेत

 

एमाले विजयी भएका गाउँपालिका

चामे गाउँपालिका, मनाङ,  लोकेन्द्र घले

नेस्याङ गाउँपालिका, मनाङ, कान्छा घले

से फोक्सुन्डो, डोल्पा,   तासीतुन्दुक गुरुङ

काइके गाउँपालिका, डोल्पा, अंगद राना

घरपझोङ गाउँपालिका, मुस्ताङ, आशबहादुर थकाली

 

माओवादी केन्द्र विजयी भएका गाउँपालिका

गुठिचौर गाउँपालिका, जुम्ला, हरिबहादुर भण्डारी

हिमा गाउँपालिका, जुम्ला, राजबहादुर शाही

सान्नीत्रिवेणी गाउँपालिका, कालिकोट, डम्बर शाही

जगदुल्ला गाउँपालिका, डोल्पा, नरसिंह रोकाय

मुड्केचुला गाउँपालिका, डोल्पा, दत्तबहादुर शाही

ताजकाेट गाउँपालिका हुम्ला, बागदुल मल्ल

शिवालय गाउँपालिका, जाजरकोट, लालबहादुर थापा

 

स्वतन्त्र

लोप्साङ छिरिङ विष्ट, दालोमे मुस्ताङ (राजु)

प्रकाशित: २ जेष्ठ २०७४ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App