९ आश्विन २०८१ बुधबार
image/svg+xml

तनहुँमा कांग्रेस र माओवादीको अग्रता

तनहुँमा स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । तनहुँको आबुखैरेनी गाउँपालिका  र बन्दिपुर गाउँपालिकामा  आइतबार  १ बजेबाट मतगणना सुरु भएतापनि ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ्ग गाउँपालिकाको भने सोमबार बिहान १० बजेबाट मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनुहँले जनाएको  छ ।

ललितपुर महानगरपालिकाः एक नम्बर वडामा काँग्रेस विजयी

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले विजय सुरुवात गरेको छ। निर्वाचन कार्यालयकाअनुसार कांग्रेस उम्मेदवार ललितपुर वडा नम्बर एकमा वडा अध्यक्ष र तीन सदस्यमा विजयी भएका छन्।

काँग्रेस –एमाले कार्यकर्ताबीच झडप, चार घाइते

धादिङको नीलकण्ठ नगरपालिका–५ देउरालीमा  काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

गोरखा नगरपालिकामा काँग्रेसको अग्रता, नयाँ शक्ति चौथो

गोरखा नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ। नगरपालिका १ को ५० मत गणना हुँदा नेपाली काँग्रेसका मेयर उम्मेदवारले ३१ सहित अग्रता लिएको हो।

सिन्धुपाल्चोकमा मतगणना सुरु, भोटेकोशी १ मा काँग्रेसको अग्रता

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये ५ वटामा मतगणना सुरु भएको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु, भोटेकोशी र बलेफी गाउँपालिकामा मतगणना सुरु गरिएको हो ।

ललितपुरमहानगरमा काँग्रेसको अग्रता

ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा छन्, भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा छन् ।

दोलखामा कांग्रेसले खाता खोल्यो, जिरीको मेयरमा अग्रता

दोलखामा कांग्रेसले खाता खोलेको छ। जिरी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका लाक्पा शेर्पा वडाध्यक्ष निर्वाचित भएका छन्। त्यहाँ सबै वडा सदस्य समेत कांग्रेसले जितेको छ।

ललितपुर महानगरमा कांग्रेसको अग्रता

ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २१८ मत सहित अग्रता लिएका छन्। यस्तै एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८४ मत र माओवादी केन्द्रका दिनेश महर्जनले ८३ मत ल्याएका छन्।

म्याग्दीको घतानमा कांग्रेस–एमालेबीच झडप, दुई मोटरसाईकलमा आगजनी

बेनी नगरपालिका–९ घतानस्थित नेप्टेचौरमा शुक्रबार राती नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवाबीच झडप भएको छ।

कांग्रेसका उम्मेद्वार श्रेष्ठको मृत्यु

नेपाली कांग्रेस तानसेन नगरपालिका वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार राजेन्द्र श्रेष्ठको मृत्यु भएको छ । पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहेका श्रेष्ठको शुक्रबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

काँग्रेसका उम्मेद्वारको घरमा बम फेला

स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा शुक्रबार बिहानै बम फेला परेको छ ।

काँग्रेसको पक्षमा जनलहर रहेको दाबी

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत वैशाख ३१ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पक्षमा जनलरहर रहेको दाबी गरेको छ। निर्वाचनले उत्सवको रुप लिएको भन्दै काँग्रेसले आफ्नो पक्षमा पक्षमा जनलहर देखिएको ठहर गरेको हो।

कांग्रेसलाई भलिबल 'सुन्दरी'को साथ

स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकाका कांग्रेस उम्मेदवार रामजी कुँवर (मेयर) र सरस्वती गुरुङ (उपमेयर)को प्रचारप्रसारमा दुई भलिबल 'सुन्दरी'ले साथ दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्