६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा मतगणना सुरु, भोटेकोशी १ मा काँग्रेसको अग्रता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये ५ वटामा मतगणना सुरु भएको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु, भोटेकोशी र बलेफी गाउँपालिकामा मतगणना सुरु गरिएको हो । 

भोटेकोशी गाउँपालिका वडा नं १ मा काँग्रेस अगाडि भइरहँदा चौतारा नगरपालिका, पाँचपोखरी, लिसंखुपाखर, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उता इन्द्रावती गाउँपलिकाको मतगणना भने  विवादका कारण अन्योलमा छ । उक्त गाउँपालिकाको दुई मतदान केन्द्रको विषयलाई लिएर विवाद भएको हो । 

अपांग, अशक्तको नाममा अरुले भोट हालेको विषयलाई लिएर आइतबार ११ बजेदेखि मतदान रोकिएको थियो । रातीसम्म विवाद नमिलेपछि मतदात अधिकृतले १९०० मतदाता मध्ये ७०० भोट खसेको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका थिए । 

निर्वाचन अधिकृत हरि बखतीका अनुसार विवादबारे निर्वाचन आयोगमा जानकारी गराइने र आयोगको निर्देशन अनुसार मात्र अन्य प्रकृया अगाडि बढाइनेछ । 

प्रकाशित: १ जेष्ठ २०७४ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App