१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नुवाकोटको विदुरमा एमाले, ककनीमा माओवादी र शिवपुरीमा काँग्रेस

नुवाकोट – दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको  छ । जिल्लाकै ठूलो स्थानीय तह विदुर नगरपालिकामा नेकपा एमालेले सफलता हात पारेको छ । विदुर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी  भएको छ । १३ वटा वडाबाट प्राप्त नतिजा अनुसार  मेयर पदका एमालेका सञ्जु पण्डितले ९ हजार ७ सय १६ मत ल्याएर विजयी भए भने उनकोे निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धुव्र अधिकारीले ८ हजार ७ सय ४२ मत प्राप्त गरे । 

यस्तै, उममेयरमा  एमालेकी गिता दाहाल अर्याल ९ हजार १ सय २४ मत ल्याएर विजयी भइन् ।  उनको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गिता अमात्यले ९ हजार १ सय २ मत ल्याइन् । 

नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण थापा विजयी भएका छन् । थापाले ३ हजार ८ सय १८ मत ल्याए भने उनको निकटतम  प्रतिष्पर्धी नेकपा एमालेमा पदमबहादुर उप्रेतीले ३ हजार ५ सय ३२ मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकै मन्जु केसीले ३ हजार ६ सय ७६ मतल ल्याइन्. । उनको निकटतम प्रतिष्पर्धी  एमालेकी मंगलमाया प्रजापतिले ३ हजार ५ सय ७३ मत प्राप्त गरिन् । ८ वटा वडा रहेको शिवपुरी गाउँपालिकामा ६ वटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ भने नेकपा एमालेले २ वटामा जितेको छ 

त्यसैगरी ८ वटा वडा रहेको ककनी गाउँपालिकामा माओवादी केनद्रले बाजी मारेको छ । माओवादी केन्द्रबाट अध्यक्ष बनेका मानबहादुर लामाले ४ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका हुन् । 
उनको प्रतिष्पर्धी नेपाली काँग्रेसका दिपेश लामाले ३ हजार ५ सय ९१ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सीता लामा विजयी भएकी छिन् । उनले ४ हजार १ सय ३३ मत ल्याएर विजयी भइन् भने प्रतिष्पर्धी एमालेकी लजिता लामाले ३ हजार ६ सय ९७ मत प्राप्त गरिन् । 

वडागत रुपमा हेर्दा १ बाट मा नेकपा एमालेका चन्द्रबहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ बाट नेकपा माओवादी केन्द्रका केदार पौडेल, वडा नम्बर ३ बाट नेकपा माओवादी केन्द्रका घननाथ बजगाई, वडा नम्बर ४ बाट नेकपा माओवादी केन्दका दीपेश तामाङ, वडा नम्बर ५ बाट माओवादी केन्द्रका रामबहादुर लामा, वडा नम्बर ६ बाट नेपाली कांग्रेससका गोपाल लामा, वडा नम्बर ७ बाट नेकपा एमालेमा पुष्कर बोगटी र वडा नम्बर ८ बाट नेकपा एमालेका शेषमान लामा वडा अध्यक्षमा विजयी भएका छन् । 

नुवाकोटमा अव बेलकोटगढी नगरपालिका र पञ्चकन्या गाउँपालिकाको नतिजा आउन बाँकी छ । 

 

प्रकाशित: ५ जेष्ठ २०७४ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App