काठमाडौँ – काठमाडौँ महानगरपालिकोको पछिल्लो मत गणना अनुसार एमालेको अग्रता कामयै रहेको छ । एमालेका विद्यासुन्दर शाक्य ११०८२ मतसहित अग्रस्थानमा छन् भने उनलाई पछ्याउँदै काँग्रेसका राजुराज जोशीले ७४९८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी ४२२३ मत सहित विवेकशील नेपालीकी रञ्जु दर्शनमा तेश्रो स्थामा छिन् भने उनलाई पछ्याउँदै साझाका किशोर थापाले ३४९८ र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १२२६ मत प्राप्त गरेकाछन् ।
उपमेयरमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गी ९८७९ मत सहित अग्र स्थानमा छिन् । उनलाई पछ्याउने क्रममा प्रतिष्पर्धी राप्रपाका राजाराम श्रेष्ठले ५९४८, साझाकी निरुपमा यादवले २०७० र माओवादीकी सुशिला पौडेलले १६३५ मत प्राप्त गरेकी छिन् ।
प्रकाशित: ५ जेष्ठ २०७४ ०८:३७ शुक्रबार