७ आश्विन २०८१ सोमबार
image/svg+xml

वाम गठबन्धनलाई कांग्रेस चुनौती

जुम्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू गाउँ पसेका छन् । असन्तुष्ट कार्यकर्तालाई सुझाउने र सन्तुष्ट कार्यकर्तालाई आफ्नो पक्षमा नतिजा आउने गरी खट्न निर्देशन दिँदै हिँडेका छन् । उम्मेदवारहरू आआफ्नो चुनावी अजेन्डासहित प्रचारप्रसारमा होमिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्लामा वाम गठबन्धनलाई कांग्रेसले चुनौती दिँदै आएको छ ।

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ ।

'भयमुक्त समाजका लागि कांग्रेस'

नेपाली कांग्रेसका शीर्ष नेताहरुले वाम एकताका नाममा मुलुकले प्राप्त गरेको राजनीतिक स्थायित्वलाई खलबल्याउने प्रपञ्च सुरु भएको भन्दै लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि पार्टीले आगामी निर्वाचन जित्नु अपरिहार्य रहेको बताएका छन्।

टिकट दिने सर्तमा कांग्रेस नेता दास माओवादी प्रवेस

नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ३ का पूर्व सासंद सुरेशचन्द्र दास माओवादी केन्द्रमा प्रवेश गरेका छन्। केहिबेर अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल निवास लाजिम्पाटमा दासलाई फुलमाला लगाएर अध्यक्ष दहालले पार्टीमा भित्र्याए।

काँग्रेसको घोषणापत्र सार्वजनिक : एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला, नेता महेश आचार्य एवं बालकृष्ण खाँडले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

कांग्रेस र मधेस

नेपालमा वाम एकता भएपछि प्रजातान्त्रिक शक्तिमा एक प्रकारको त्रास एवं चिन्ता देखिएको छ भने वामहरूमा एक प्रकारको उत्साह छ । २०१५ सालको संसदीय निर्वाचन परिणामबाट कम्युनिस्टहरू लगभग शून्यप्रायः रहे पनि २०४६ सालदेखिको अभ्यासमा नेपाली संसद्मा लगभग ६८ प्रतिशत वाम शक्तिहरू देखापरेका छन् । तर पनि ३२ प्रतिशतकै समर्थकले कांग्रेस ठूलो दल मात्र बन्दै आएको छैन, प्रायः सरकारको नेतृत्व गर्दै आएको छ । यसको एक कारण हो, वाम दलहरूबीच एकता नहुनु।

दोलखामा कांग्रेसको चुनावी अभियान सुरु

२०४८ यताका अधिकांश चुनाव वामपन्थीले जित्दै आएको दोलखामा यस पटक दोलखा कांग्रेसले कम्युनिस्ट गढ भत्काउने गरी आक्रामक रणनीतिसहित चुनावी अभियान थालेको छ ।

कांग्रेसलाई बिरासत जोगाउने चुनौती

जिल्लामा पहिलोपटक यहाँका प्रमुख वाम दलहरू एक चुनावी एकता गरेपछि बागलुङको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । विगतमा वाम शक्ति छिन्नभिन्न हुँदा जिल्लामा कांग्रेसले हालीमुहाली गरेको भन्दै अहिले एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले चुनावी एकता गरेका छन्।

कांग्रेसको घोषणापत्रमा एमाले माओवादीप्रति आक्रोस

नेपाली कांग्रेसले कम्युनिष्ट आवरणमा मुलुकमा फेरि अतिवाद उदाउन खोजेको भन्दै लोकतन्त्रको सबलीकरणका लागि सबैलाई एक जुट हुन आह्वान गरेको छ। मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टी घोषणापत्र तयार गर्दै उसले लोकतन्त्रको रक्षाका मध्यमार्गी दलको पक्षमा उत्रन आग्रह गरेको हो।

उदयपुरमा कांग्रेसलाई साख बचाउने चुनौती

लगातार २ पटक चुनाव जितेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कालाई आउँदो संघीय प्रतिनिधिसभा चुनाव ‘फलामको च्युरा’ सावित हुने अनुमान गरिएको छ। डा. खड्काले ०६४ र ०७० को दुईवटै संविधानसभा चुनावमा प्रतिस्पर्धी एमाले र माओवादीलाई फराकिलो अन्तरले पराजित गर्न सफल भएका थिए।

‘प्रजातन्त्रको रक्षा कांग्रेसले गर्छ’

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राणा, पञ्चायत र राजा ज्ञानेन्द्रको डरत्रासबाट मुलुकलाई मुक्त गरेको कांग्रेसको काँधमा अब वामपन्थीहरुको डरत्रासबाट पनि मुक्त गराउने जिम्मा आएको बताए । पोखरामा शनिबार विभिन्न दलका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा देउवाले भने, ‘कांग्रेसले मात्र डरत्रासबाट मुक्त समाज बनाउन सक्छ । प्रजातन्त्रको रक्षा कांग्रेसले मात्र गर्छ ।’  देउवाले ‘डर, त्रास र एकदलीय तानाशाही शासन लाद्नवाम गठबन्धन भएको’ आरोप पनि लगाए ।  ‘निरंकुश शासन लाद्ने प्रयास भइरहेको बताउँदै देउवाले ‘वाम गठबन्धन कांग्रेसविरुद्ध’रहेको बताए।

पूर्वमन्त्री दत्त कांग्रेस प्रवेश

पूर्व मन्त्री एबं माओवादी केन्द्रका नेता नन्दन कुमार दत्तसहितका नेताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन्। मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिंदै गर्दा दल अदलवलले तीब्रता पाइरहेका बेला दत्तसहितका नेता कांग्रेस प्रवेश गरेका हुन।

गठबन्धन कस्दै एमाले–माओवादी, केन्द्रको निर्णय पर्खिंदै कांग्रेस

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लास्थित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताले संयुक्त रूपमै तयारी थालेका छन्। उनीहरूले संयुक्त रूपमा चुनावी अभियानमा जाने तयारी गरेका हुन्।

कांग्रेस र वाम गठबन्धनबीच टक्कर

नुवाकोटमा केन्द्रीय तहका नेताहरू चुनावी मैदानमा छन् । यसैले गर्दा यहाँको निर्वाचन अलि बढी रोचक हुने देखिएको छ । उम्मेदवारहरू आआफ्नै अजेन्डा लिएर चुनावमा होमिएका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेस र बाम गठबन्धनबीच कडा टक्क हुने देखिएको छ ।

वाम गठबन्धनबाट कांग्रेसलाई  एकजुट हुन प्रेरणा : देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन नेपाली कांग्रसका लागि चुनौती मात्र नभई अवसर पनि भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्