७ आश्विन २०८१ सोमबार
image/svg+xml

वाम गठबन्धनका चुनौति घोषणापत्रमै राख्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले वाम गठबन्धनले नेपाली राजनीतिमा निम्त्याउने चुनौतिहरुलाई घोषणा पत्रमै राखेर चुनवमा जाने तयारी गरेको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लोकतान्त्रिक शक्तिहरुसँगको गठबन्धन गरेर जान लागेको कांग्रेसले वाम गठबन्धनले निम्त्याउने चुनौतिलाई पनि घोषणा पत्रमै समावेश गर्ने भएको हो।

कांग्रेसले ताेक्याे शीर्ष नेताको क्षेत्र

नेपाली कांग्रेसले मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई दर्जन नेताको उम्मेदवारी टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको संसदीय समितिको बैठकले सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित नेताहरुको प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाएको हो।

फोरम उपमहासचिव शाह काँग्रेस प्रवेश

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकोे पूर्वसन्ध्यामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका सयौँ नेता कार्यकर्ता आज नेपाली काँग्रेसमा प्रवेश गेका छन्।

कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो। जस अनुसार पार्टी सभापित शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १,  महामन्त्री सशांक कोइराला नवलपुर १, पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १, पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेता विजय गच्छेदार सुनसरी ३,

काँग्रेस प्रवक्तामा गगन थापाको चर्चा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा गगन थापालाई मनोनित गरेकाे विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ। पार्टी महाधिवेशनमा कृष्ण सिटौला समूहबाट महामन्त्री प्रत्यासी बनेका थापा माओवादीसँगको मिलिजुली सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए।

काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब

भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्।

काँग्रेसबाट पूर्वसांसद चुनावी प्रतिस्पर्धामा

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसले चुनावअघि लिनुपर्ने बाटो

नयाँ राजनीतिक संरचनाअन्तर्गत पहिलो पटक प्रदेश र संघको निर्वाचन हुन गइरहेको छ । पहिलो चरणमा परेका हिमाली र पहाडी जिल्लामा उम्मेदवारी दर्तासमेत भएको छ ।

कांग्रेसको चुनावी गतिविधि तीव्र

नेपाली कांग्रेसले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्य सुरु गरेको छ । केही दिनभित्रै निर्वाचन घोषणापत्र ल्याउने तयारीमा जुटेको कांग्रेसले नेता बालकृष्ण खाँणको संयोजकत्वमा प्रचार समिति गठन गरेको हो ।

बागी फकाउँदै वाम गठबन्धन, काँग्रेसलाई पनि आफ्नैको डर

नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दै पार्टी एकता गर्नेसम्मको घोषणा गरेपछि एकाएक दुई ध्रुवमा बाँडिएको यहाँको राजनीतिक चहल पहल एक पटक छताछुल्ल भएको छ। स्थानीय स्तरमा जनमतको ख्यालै नगरी केन्द्रले निर्णय गरेर उम्मेदवार तय गरेको भन्दै यहाँको वाम गठबन्धनमा आवद्धबाटै बागी उम्मेदवारी दर्ता भएको छ।

ओखलढुंगा काँग्रेसमा बल्झियो बागीको घाउ

ओखलढुंगामा काँग्रेसका आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दोहोरिएको छ। फरक भूगोलका नेतालाई उम्मेद्वार बनाएको विरोधमा २०६४ सालमा बागी उम्मेद्वारी खेपेको ओखलढुंगा कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि बागी उम्मेद्वारी बेहोर्नु परेको हो।

राजपा महामन्त्री जंगीलाल कांग्रेसमा

राजपा महामन्त्री जंगीलाल रायसहित सयौं नेताकार्यकर्ता सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी नेताकार्यकर्तालाई सोमबार दिउँसो सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पस परिसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री एवं कांग्रेस नेता महेन्द्र यादव तथा कृषिमन्त्री रामकृष्ण यादवले अबिर र माला लगाई सदस्यता प्रदान गरे ।

काँग्रेससँग तालमेल गरेको भन्दै नयाँ शक्तिका नेताले पार्टी छोडे

नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामकृष्ण बुढ्थापाले पार्टीबाट राजीनामा दिएका छन्। बुढ्थापाले कात्तिक ५ गते मनोनयन दर्ताको दिन पार्टीबाट राजीनामा दिएका हुन्।

वाम गठबन्धनसँग एक्लै भिड्दै काँग्रेस

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बागलुङमा वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

दोलखामा कांग्रेसबाट नयाँ अनुहार

मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ ।  आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्नेहरू सबै नयाँ अनुहार हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्