८ आश्विन २०८१ मंगलबार
image/svg+xml

वाम गठबन्धनमा पुराना र कांग्रेसमा नयाँ अनुहार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रामेछापमा आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामा वाम गठबन्धनबाट भने पुरानै अनुहार आएका छन भने कांग्रेसमा नयाँ पुस्ताका अनुहार देखिएका छन।

काँग्रेस तथा वाम गठबन्धनद्वारा मनोनयन दर्ता

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले मनोनयन दर्ता गराएका छन् । भव्य जुलुसका साथ मनोनयन दर्ताका लागि आएका दलका नेताहरूले आ–आफ्नो समयमा आएर मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेस म्याग्दीका कार्यकर्ताले राप्रपालाई अस्वीकार गर्ने

प्रजातान्त्रिक गठबन्धनबाट म्याग्दी जिल्लाको क्षेत्र नम्बर १ राप्रपालाई परेपछि नेपाली कांग्रेस म्याग्दीका नेता–कार्यकर्ता रुष्ट भएका छन् । राप्रपा विभाजित भएसंगै जिल्लामा कमजोर बनेको शक्तीलाई आफ्नो बलियो पकट भएको क्षेत्रमा पार्टीले राप्रपालाई छोडेको भन्दै विद्रोहको चेतावनी नेता–कार्यकर्ताले दिएका छन् ।

फोरम र कांग्रेस कार्यकर्ताबीच झडप, ७ घाइते

रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । फोरम कार्यकर्ताहरुले गाउँमा भएको पूजाको प्रसाद वितरणको विषयलाई लिएर कांग्रेस कार्यकर्ता तथा समर्थकहरुमाथि आक्रमण गरेका छन् ।

कांग्रेसको उम्मेद्वार विवाद चर्किएपछि सामुहिक राजिनामा

नेपाली कांग्रेस ओखलढुँगाको प्रदेशसभा अन्तर्गत मित्रसेन दाहाललाई उम्मेद्धवार बनाएपछि कांग्रेस ओखलढुँगामा प्रत्यासी उम्मेवद्धवार लिलाबल्लभ दाहाल र कार्यकर्ताहरुले आपत्ति जनाएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि उम्मेवद्धवारका प्रत्यासी दाहालले उक्त निर्णय तत्काल नसच्याए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् ।

कांग्रेससँग उपसभापति पद दिने समझदारी : उपप्रधानमन्त्री गच्छदार

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताए । विराटनगर विमानस्थलमा शुक्रबार कुरा गर्दै उनले भने,‘लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि सात वटा प्रदेशमा कांग्रेस लहर उत्पन्न भएको छ ।

भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) गठन

नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ ।

जुम्ला कांग्रेसमा नयाँ अनुहार

नेपाली कांग्रेस जुम्लाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । यो निर्वाचनमा छनौट गरिएका अधिकांश उम्मेदवार नयाँ अनुहारका छन् । प्रतिनिधि सभाको लागि देवेन्द्र शाही छनौट भएका हुन । निर्माण व्यवसायी समेत रहेका शाही जुम्ला नगरविकास समितिमा अध्यक्ष थिए । त्यस्तै प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नम्वर १ बाट राजुसिंह कठायत छनौट भएका हुन ।

कांग्रेससँग लोकतान्त्रिक गठबन्धन हुन्छ : राजपा

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले कांग्रेससँग चाँडै चुनावी तालमेल हुने बताएका छन् । राजपा र संघीय समाजवादी फोरम नेपाललाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उनले जानकारी गराए ।

दाङको थारु बहुल क्षेत्रमा कांग्रेस थप बलियो

नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएपछि दाङको एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । यो एकीकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको छ । यी दुई पार्टीबीच एकीकरण भएसँगै कांग्रेसले यो क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउने आकलन गरिएको छ ।

खोटाङ काँग्रेसद्वारा उम्मेदवार तय

आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले खोटाङ जिल्लाका उम्मेदवारहरुको टुङ्गो लगाएको छ।

काठमाडौं कांग्रेसद्वारा उम्मेदवार सिफारिस

कांग्रेस काठमाडौंले मंसिर २१ गते हुने प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि पूर्व महामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुको नाम सिफारिस गरेको छ । पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार कांग्रेसले दश वटै निर्वाचन क्षेत्रमा निम्न नेताहरुको नाम सिफारिस गरेको छ ।

खोटाङमा कांग्रेसले टुंगायो उम्मेद्वार नामवालीे

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेसले खोटाङ जिल्लाको उम्मेद्वारहरुको टुंगो लागेको छ । जिल्लाको केन्द्रिय समितिले ४३ आकांक्षीको नाम सिफारिस गरेर उम्मेद्वारको अन्तिम टुंगो लगाएको हो । कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सरस्वती बजीमयलाई चुनावको लागि छनोट गरेको छ ।

गच्छदार: कांग्रेसको थप ऊर्जा

नेपालका दुई ठूला साम्यवादी दलले संघ र प्रदेश सभाका लागि हुने आसन्न निर्वाचनमा तालमेल र भविष्यमा एकीकरण गर्ने सहमति गरेपछि लोकतान्त्रिक शक्तिहरूमा त्यसको तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।

प्रत्यक्षतर्फ उम्मेदवार छान्दै कांग्रेस, प्रभावशाली नेताहरूको टिकट सुरक्षित

नेपाली कांग्रेसले मंसिरमा हुने संघीय प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छनोट सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्