८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस मार्केटिङ जान्दैन

गएको स्थानीय चुनावमा नेपाली कांग्रेसले अपेक्षाकृत सिट ल्याएन । यसको पूर्ति गर्न र कांग्रेस मुलुकको सबैभन्दा जेठो, ठूलो र ऐतिहासिक पार्टी भएको सन्देश दिन पनि प्रदेश सभा र संघीय संसद्को चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी हुन आवश्यक छ । पहिलो त हुने, तर कसरी ? यही चालाले त असम्भव छ ।

जनाधार भएका कांग्रेस नेता समानुपातिकमा

राजनीतिक दलहरुबीच धु्रवीकरण हुँदै जाँँदा मंसिरमा हुने प्रदेश र संघीय प्रतिनिधिसभा निर्वाचनमा जनाधार बलियो  भएका कांग्रेस नेता समानुपातिक सूचीमा बस्न बाध्य भएका छन्। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने सहमतिपछि कांग्रेसले पनि विभिन्न दलसँग निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ।

कम्युनिस्ट अधिनायकवाद रोक्न काँग्रेस–लोकतान्त्रिक फोरम एकता

एक दशकपछि विजयकुमार गच्छदार नेपाली कांग्रेसमा फर्केका छन् । २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएर मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दै आएका गच्छदारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँग पार्टी एकता गरेका हुन्।

काँग्रेस समानुपातिक सूचीमा रहेका तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा पक्राउ

नेपाली काँग्रेसको प्रदेश सभातर्फ समानुपातिकको सूचीमा परेका मानबहादुर तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका छन्। नेपाल—चीन केरूङ व्यापार संघका अध्यक्ष उनी रसुवा निवासी हुन्। छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेका उनी केही समययता प्रहरी निगरानीमा थिए।

काँग्रेस नेता खतिवडाद्वारा रातो पासपोर्ट फिर्ता

काँग्रेस नेता रामहरि खतिवडाले नेपाल सरकारअन्तर्गत व्यवस्थापिका संसदबाट प्राप्त रातो पासपोर्ट फिर्ता गरेका छन्। सोमबार व्यवस्थापिका संसदको कार्यलय पुगेर उनले रातो पासपोर्ट फिर्ता गरेका हुन्।

वाम गठबन्धन काँग्रेस-राजपाप्रति अाक्रमक, फोरमसँग नरम

नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनले नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालप्रति आक्रामक तथा संघीय समाजवादी फोरम नेपाल र अन्य साना वाम दलप्रति   नरम नीति अख्तियार गर्ने भएको छ।  वाम गठबन्धनले तयार पारेको संयुक्त चुनावी घोषणापत्रमा कांग्रेस पुँजीपतिवर्गको पार्टी भएको निष्कर्ष निकाल्दै उसले संविधान कार्यान्वयन गर्न नसक्ने र कांग्रेसजस्तै राजपा पनि राष्ट्रिय स्वाधीनताको सबालमा भरोसायोग्य पार्टी नभएको उल्लेख छ।

कांग्रेस–लोकतान्त्रिक फोरम एकीकरण घोषणा आज

नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आइतबार हुने भनिएको एकीकरण अन्तिम समयमा रोकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ दुई दलबीच एकीकरण गर्ने जनाइए पनि निर्वाचन आयोगमा समय दिनुपरेकाले एकीकरण घोषणा सोमबारका लागि सारिएको हो।

कांग्रेसका अधिकांश केन्द्रीय नेता प्रत्यक्षमा

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य संघीय प्रनितिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार बन्ने भएका छन् । अघिल्लो पटक समानुपातिक सूचीमा परेका नेताहरूलाई यसपटक नदोहोर्‍याउने नीति पार्टीले लिएपछि आधा दर्जन केन्द्रीय सदस्यमात्र समानुपातिकतर्फको सूचीमा समेटिएको कांग्रेस स्रोतको दाबी छ।

काँग्रेसका लागि चुनाैती

संविधानसभा दोस्रो निर्वाचनमा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा विजयी नेपाली कांग्रेसको जनमत त्यसयताको चार वर्षमा पूरै खस्कियो । १० स्थानीय तहमा भएको असार १४ को निर्वाचनमा कांग्रेस तीन सिटमा मात्रै सीमित बन्न पुग्यो, त्यो पनि गाउँपालिकामा मात्रै।

काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ। संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गच्छदारकाे पार्टी अाज काँग्रेसमा गाभिँदै

नेपाली काँग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आइतबार पार्टी एकीकरण हुने भएको छ।  प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार आइतबार साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकीकरण सम्झाैतामा हस्ताक्षर हुने भएको हो।

पार्टीभित्रको गुटउपगुट हटे काँग्रेस पहिलो पार्टी बन्छ : ढुंगेल

नेपाली काँग्रेस भक्तपुरका नेता रामेश्वर ढुंगेलले पार्टीभित्र देखिएका गुट उपगुट र मनमुटावलाई त्यागेर पार्टीको हितमा सबै अघि बढ्ने हो भने निर्वाचनमा काँग्रेस पहिलो बन्ने बताएका छन्।

एमाले दिल र कांग्रेसी खेल

फोनमा मौजुद रहेको सेवा, सामथ्र्य वा गुणले घडी, रेडियो, टिभी, क्यालकुलेटर, फोन र फ्याक्सको बजार एकैसाथ संकटमा पर्नुमा फोनको दोष नरहेजस्तै देशभक्त हुन राजभक्त हुनैपर्ने, लोकतन्त्रवादी हुन कांग्रेस हुनैपर्ने र क्रान्तिकारी हुन हतियार उठाउनैपर्ने जडता तोड्नुमा एमालेको दोष छैन ।

कांग्रेस र एमालेबीच घोचपेच

संविधानसभाबाट रुपान्तरित भई बनेको व्यवस्थापिका संसद्को शनिबार बसेको अन्तिम बैठकमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गरे ।

द्विविधाग्रस्त नेपाली कांग्रेस

वामपन्थी गठबन्धनको प्रतिक्रियामा देउवाले बनाउन खोजेको कथित लोकतान्त्रिक गठबन्धन अस्तित्वमा आउनु अगाडि नै जोखिममा परेको छ । त्यसो हुनु स्वाभाविक नै थियो किनभने लोकतान्त्रिक भन्ने बिल्ला दिएर आफ्नो कित्तामा ल्याउन खोजेकाहरू वास्तवमा सत्ताखोर अवसरवादी झुन्ड मात्र थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्