८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेस नेता खतिवडाद्वारा रातो पासपोर्ट फिर्ता

काठमाडौं – काँग्रेस नेता रामहरि खतिवडाले नेपाल सरकारअन्तर्गत व्यवस्थापिका संसदबाट प्राप्त रातो पासपोर्ट फिर्ता गरेका छन्। सोमबार व्यवस्थापिका संसदको कार्यलय पुगेर उनले रातो पासपोर्ट फिर्ता गरेका हुन्।  

शनिबार बिदा हुनुअघि व्यवस्थापिका संसदबाट लगेका सामनहरु फिर्ता गर्न आग्रह गरेपछि उनले सोमबार कार्यलय पुगेर रातो पासपोर्ट फिर्ता गर्ने उनी पहिलो पूर्व सांसद भएका छन्। व्यवस्थापिका संसद सदस्यको रुपमा झिकिएको सो रातो पासपोर्ट २०७४ सात माघ १४ सम्म प्रयोग गर्न पाइने थियो। 

‘चार वर्ष अवधिमा संविधान बनाउने जिम्मेवारी पुरा गरिसकेका छौं। जिम्मेवारी सकाएपछि नेपाल सरकारले दिएको सुविधा फिर्ता गरिहाल्नु पर्छ भनेर मैले प्रयोग गरेको रातो पासपोर्ट फिर्ता गरेको हुं,’काँग्रेस नेता खतिवडा नागरिकन्युजसँग भने। 

 

प्रकाशित: ३० आश्विन २०७४ ११:३५ सोमबार

काँग्रेस नेता खतिवडाद्वारा पासपोर्ट