३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रक्रिया सुरु

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि शनिबारदेखि प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, दाबीविरोधको उजुरी दिने, नामावली छुटेकाको समावेशलगायत प्रक्रिया शनिबारदेखि अघि बढाएको हो।

सरकार सफल बनाउन कर्मचारीको भूमिका महत्वपूर्णः मुख्यमन्त्री शाही

‘कर्णालीमा विकास बजेट कार्यान्वयन हुँदैन, विकासका लागि आएको बजेट जनप्रतिनिधि र कर्मचारी मिलेर खान्छन् भन्ने आरोप छ,’ नेपाल निजामति कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘यस्तो आरोपको अन्त्य गर्न र कर्णालीमा विकासको मुल फुटाउन जनप्रतिनिधि र कर्मचारीले विशेष ध्यान दिनु आवश्यक छ।’

लमजुङमा भूकम्पको धक्का

आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

ल्होसारले आपसी प्रेम, बन्धुत्व र एकता बढाउँछः मुख्यमन्त्री पोखरेल

गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध समुदायले मनाउने पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने बताए।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

'पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ'

सरकारले कोरोनाका कारण पलायन हुन लागेका पर्यटन व्यवसायीलाई रोक्न विशेष प्याकेज ल्याउनुपर्ने उनको भनाइ थियो।

केन्द्रमा कर्मचारी दरबन्दी ३ वर्षमा ३ हजार थपिए

भौतिक पूर्वाधार मन्त्रालयले यो साता मात्र केन्द्रमा थप ३ वटा सडक डिभिजन कार्यालय गठन गरेको छ। मन्त्रालयका प्रवक्ता ललिजन खनालले भौतिकले लगेको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएको जानकारी आफूले पाएको बताए। उनका अनुसार ललितपुर, प्युठान र खुर्कोेट (सिन्धुली) मा थप ३ वटा सडक डिभिजन कार्यालय गठन गरिएका छन्।

मीरा सद्भावना दूत

वैशाख दोस्रो साता अन्तरालको आयोजना र व्यवस्थापनमा हुने रारा म्याराथनको सद्भावना दूतमा कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई नियुक्त भएकी छिन्।

प्रदेश २ को नाम र राजधानी टुंग्याउन समिति गठन

सहमतिमा प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो।

नियमित अनुगमनमा कर्णालीका मुख्यमन्त्री

दुई घण्टादेखि लाइनमा उभिएका सेवाग्राही बुद्धिमान वलीले मुख्यमन्त्रीलाई प्रश्न गरे, ‘मुख्यमन्त्रीज्यू! राजस्व तिर्नका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कहिले हट्छ?’

प्रदेशमा फेरि फुट्यो मन्त्रालयः ४९ बाट ७० पुगे

भागबन्डा पुर्‍याउन बिनातयारी र बिनाअध्ययन प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाइरहेका छन्। अहिले देशभर प्रदेश मन्त्रालय ७० पुगेका छन्। प्रदेश १ र सुदूरपश्चिम प्रदेशबाहेक सबैले मन्त्रालय फुटाएका छन्। सबैभन्दा बढी मन्त्रालय वाग्मती प्रदेश सरकारले फुटाएको छ। वाग्मतीले अहिले १४ वटा मन्त्रालय पुर्‍याएको छ।

दायित्वको नेतृत्व प्रशिक्षण

नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यले दिइएको दुईदिने प्रशिक्षणमा तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र अधिकारीलाई प्रशिक्षण दिइएको बताइएको छ।

पर्यटन बोर्डका पदाधिकारी काममा फर्किए

उनले बोर्डमा सरकारले कार्यकारी अधिकृत नियुक्त नगरेसम्म काम गर्न असजिलो हुने भए पनि संवाद, छलफललगायतका कामहरू आफूहरूले गर्न थालेको जानकारी दिए।

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय १३ रहेको मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्