coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मीरा सद्भावना दूत

वैशाख दोस्रो साता अन्तरालको आयोजना र व्यवस्थापनमा हुने रारा म्याराथनको सद्भावना दूतमा कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई नियुक्त भएकी छिन्।

आयोजक अन्तरालले एक पत्रकार सम्मेलनमा गरेर कीर्तिमानी धाविका मीरालाई  सद्भावना दूतका रूपमा नियुक्त गरेको हो। मुगुको प्रसिद्ध रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र गतिमा भइरहेको आयोजक अन्तरालले जनाएको छ।

म्याराथन पुरुष तथा महिला गरी दुई स्पर्धामा प्रतिस्पर्धा हुनेछ। उक्त म्याराथनमा मीरा सद्भावना दूतका रूपमा सहभागी हुनेछिन्। रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीराजस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रूपमा पाउँदा म्याराथनको उचाइ थप बढेको बताए। साथै रारा म्याराथनले कर्णाली प्रदेशको पर्यटन र विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाहले थपे।

प्रकाशित: १४ पुस २०७८ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App