९ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार  पिसिआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ७, लेटाङ, सुन्दरहरैँचा, पथरीशनिश्चरे, बेलबारी, केराबारी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१, झापाको दमक, मेचीनगर र विर्तामोडमा १–१, पाँचथरको हिलिहाङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आइतबार ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय १३ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ पुस २०७८ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App