७ कार्तिक २०८१ बुधबार
image/svg+xml

१०६ फरार अभियुक्त पक्राउ

अदालतबाट फैसला भई कार्यान्वयन गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुको सक्रियतामा चालू महिनामा नै एक सय छ फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सशस्त्र प्रहरी र भारतीय एसएसबि मिलेर दशगजाको अतिक्रमण हटाउँदै

सशस्त्र प्रहरी बल सर्लाही र भारतीय एसएसबि मिलेर नेपाल भारत सीमालाई छुट्याउने दशगजा क्षेत्रको अतिक्रमण हटाउने काम गरिरहेका छन्।

नेपाल प्रहरीलाई टिम इभेन्टमा स्वर्ण

नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ।

कर्णालीमा प्रयाप्त संख्यामा प्रहरी नभएको गुनासो

पुरानो दरबन्दीमा अहिलेसम्म प्रहरीहरु परिचालन भएको हुँदा नयाँ दरबन्दी कायम गरेर कर्णालीमा प्रहरी जनशक्ति परिचालन हुनुपर्ने बताइएको छ।

४४ औं पर्यटक प्रहरी दिवस सम्पन्न

४४ औं प्रहरी पर्यटकको दिवसको अवसरमा बोल्दै मन्त्री किराँतीले पर्यटक प्रहरीले भोगिरहेको कमी, कमजोरी तथा समस्यालाई सरकारले निकट भविष्यमै सम्बोधन गर्ने बताए।

४४ औं पर्यटक प्रहरी दिवसमा रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रम २८ पुरुष र १२ महिला गरी जम्मा ४० जनाले रक्तदान गरेको पर्यटक प्रहरीका प्रवक्ता चन्द्र किसोर शाहले बताएका छन्।

फरार अभियुक्त ५९ जना पक्राउ

प्रहरीले फरार आरोपी अभियुक्त पक्राउ अभियानलाई तीव्र पारेको छ। गत साउन १ देखिको रेकर्डमा प्रहरीले ५९ जना फरार अभियुक्तलाई पक्राउ गरेको देखिन्छ। ५९ जना मध्य पुरुष ५३ जना र महिला ६ जना छन्।

सशस्त्र प्रहरीका ९७ प्रहरी उपरिक्षकको मध्य रातमा सरुवा

सशस्त्र प्रहरी मुख्यालयले बिहीबार मध्य राती ९७ जना प्रहरी उपरिक्षकको सरुवा गरेको छ।

७३१ थान राहदानीसहित तीन पक्राउ

प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्टहाउसबाट तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

प्रहरी सचेतना कार्यक्रम प्रभावकारी

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए।

एपिएफलाई हराउँदै संकटा सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लवलाई हराउँदै संकटा क्लव पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाले एपिएफलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

१७ डिआइजीको सरुवा

प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहका ब्याची तीनजना डिआइजीलाई प्रदेश नेतृत्वबाट काठमाडौं उपत्यकामा ल्याइएको छ। अर्को ब्याचका थप १४ जना डिआइजीलाई प्रदेश नेतृत्व र अन्य ठाउँमा पठाइएको छ।

सशस्त्रको प्रस्ताव:असईमा भर्ना नलिने, १६ वर्षमा एसपी हुनैपर्ने

सशस्त्र प्रहरी बलले प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना नलिने र प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्षमा प्रहरी उपरीक्षक (एसपी) बढुवा हुनैपर्ने प्रावधान अघि सारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्